मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रासस 695+ समाचार ( )
१९ पौष २०८२, शनिबार

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका वडा नं २ लामडाँडामा आयोजित निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा ६१ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङघद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, अर्जुनचौपारी गाँउपालिकाको आयोजना तथा डाक फाउन्डेशनको आर्थिक सहयोगमा यही पुस १५ र १६ गते सो स्थानमा दुई दिन निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक तथा नेत्र अधिकृत सुवास नेपालका अनुसार शिबिरमा ५७३ जनाको आँखा परीक्षण गरिएको थियो । शिबिरमा चश्मा आवश्यक देखिएका ७५ जना बिरामीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएका थियो । 

हिमालय आँखा अस्पतालकी नेत्र रोग विषेशज्ञ डा.कृष्णा गुरुङको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोली आँखा परिक्षण तथा शल्यक्रिया गरेको थियो । अस्पतालले विभिन्न विकास साझेदारहरुसंगको सहकार्यमा गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा निःशुल्क आँखा शिबिर सञ्चालन गर्दै आइरहेको छ ।हिमालय आँखा अस्पतालद्वारा स्याङ्जाको वालिङ नगरपालिकामा  निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको थियो । 

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी—आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायहरूसँगका सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक सयौँ आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो,“ ग्रामीण क्षेत्रका न्यून आयस्तर, गरिब तथा विपन्न नागरिक आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको छ ।”

त्यसैगरी, नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सङ्घले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छ भने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । संघले स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार