मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

क्यामेरा छ तर चल्दैन: धकधईमा दुर्घटनाको सीसीटीभी फुटेज भेट्न मुस्किल

Ujyalosandeshonline 12437+ समाचार ( )
१७ वैशाख २०८३, बिहीबार

भैरहवा । रूपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा तामझामका साथ जडान गरिएको ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन’ (एएनपीआर) क्यामेरा पछिल्लो समय नाम मात्रैको साबित भएको छ। शान्ति सुरक्षा कायम गर्न र सवारी दुर्घटनाको अनुसन्धानमा सहजता ल्याउने उद्देश्यले भैरहवा-परासी सडकखण्डमा जडान गरिएको यो आधुनिक क्यामेरा पटक-पटक बिग्रिने समस्याका कारण अहिले थन्किएको छ।

क्यामेराले काम नगर्दा बिहीबार मात्रै रोहिणी-३ धकधईमा भएको एक सवारी दुर्घटनाको अनुसन्धानमा प्रहरीलाई ठूलो चुनौती थपिएको छ। पैदल यात्री बागलुङ निवासी ६३ वर्षीय नारायण जिसीलाई एउटा सवारीसाधनले ठक्कर दिएर फरार भएको थियो। घाइते जिसीको अहिले मेडिकल कलेजमा उपचार भइरहेको छ। तर, ठक्कर दिने सवारीसाधन कुन हो र कता गयो भन्ने पत्ता लगाउन प्रहरीलाई सकस भएको छ। घटनास्थल नजिकै रहेको एएनपीआर क्यामेरा सञ्चालनमा नभएका कारण 'हिट एण्ड रन' प्रकृतिको यस घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन बाधा पुगेको प्रहरीले जनाएको छ।

जडान भएको समयदेखि नै यो क्यामेरा महिनाैपिच्छे बिग्रिने गरेको स्थानीयको गुनासो छ। सवारीसाधनको नम्बर प्लेट पहिचान गर्ने, फोटो र भिडियो सुरक्षित राख्ने तथा चोरी लगायतका आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वासका साथ यो प्रविधि भित्र्याइएको थियो। तर, बारम्बार आइरहने प्राविधिक खराबीले यसको गुणस्तरमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।

प्रहरीका अनुसार सवारी दुर्घटनापश्चात् अनुसन्धान गर्न र चालकको 'मुभमेन्ट' ट्र्याक गर्न यो क्यामेरा बहुउपयोगी मानिए पनि आवश्यकता परेको बेला चल्दै नचल्दा सुरक्षा चुनौती बढेको छ। यता रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले भने क्यामेरा मर्मतका लागि तत्काल प्राविधिक टोली खटाइएको जानकारी दिएका छन्।

प्रहरीले क्यामेरा बिग्रिएको बारे लिखित पत्र नै पठाएको स्वीकार गर्दै अधिकृत बस्नेतले छिट्टै मर्मत गरी क्यामेरालाई पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्। सुरक्षा र अनुसन्धान जस्तो संवेदनशील विषयमा जोडिएको प्रविधि यसरी पटक-पटक अलपत्र पर्दा स्थानीयबासी र सुरक्षा निकाय दुवै चिन्तित देखिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार