मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


नेपालमा स्मार्ट सिटी सम्बन्धी काम गर्न विज्ञहरू आवश्यक

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ चैत्र २०८०, मङ्गलबार

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेशनले ‘स्मार्ट सिटी’ विश्वव्यापी परिप्रेक्षदेखि स्थानीय अभ्याससम्म’ भन्ने  विषयमा दोस्रो वेबिनार आयोजना गरेको छ ।

कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। अमेरिकामा कार्यरत सार्वजनिक यातायात विज्ञ डा.देशराज संयोजकले अधिकारको हिसाबले नेपालका स्थानीय निकाय अमेरिकाका स्थानीय निकाय भन्दा शक्तिशाली रहेको भन्दै आफ्नो नगर क्षेत्रमा स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात, रोजगारीको लागि एकीकृत रुपमा काम गर्नुपर्ने बताए ।

माइक्रोसफ्ट कर्पोरेसन युकेका प्रमुख इन्जिनियर हरि न्यौपानेले नेपालमा नै स्मार्ट सिटी सम्बन्धी काम गर्न सक्ने विज्ञहरूको समूह बनाएर सो मार्फत यसलाई बढावा वा टेवा दिन सकिने बताए।

राष्ट्रिय आविष्कार केन्द्रको युरोप संयोजक पनि रहेका न्यौपानेले  देशभरि नै माइक्रोसफ्टले प्रमाणीकरण गरेको ‘स्किल फर जब’ कोर्स संचालन गर्न सघाउन  केन्द्र तत्पर रहेको पनि बताए। छलफलमा भाग लिँदै सिटी अफ टेम्पे, एरिजोना अमेरिकाका मुख्य प्लानर डा.अम्बिका प्रसाद अधिकारीले स्मार्ट सिटीको विकासका लागि देश विदेशमा रहेर नेपालीले आर्जन गरेको ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्न सक्नुपर्ने बताए । कुनै पालिकामा आफ्नो सिप र ज्ञानको आवश्यकता रहेमा आफू निःशुल्क रुपमा प्रदान गर्न तयार रहेको समेत डा.अधिकारीले जनाए ।

नेपालको  शहरी विकास मन्त्रलयका सहसचिव एकराज अधिकारीले स्मार्ट सहरहरुको विकासका लागि नेपाल सरकार विभिन्न योजना बनाएर अगाडी बढिरहेको र आगामी दिनमा देश र विदेशमा रहेका नेपालीहरूमा रहेको स्रोतलाई यसको विकासमा अधिकतम रुपमा प्रयोग गर्नको लागि लागि पर्ने बताए। 

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले स्थानीय निकायलाई स्मार्ट सिटीको अवधारणामा लैजान जरुरत भैसकेको र यस्ता कार्यक्रमले यसको विकासमा अझ सजिलो बनाउने बताए । यसैगरी हलेसी तुवाचुङ्ग नगरपालिकाकी मेयर विमला राईले धेरै मेयरहरूमा स्मार्ट सिटीमा लैजाने जोश, जाँगर र सोच भएको र यस्तै कार्यक्रममार्फत यस सम्बन्धी जानकारी तथा आवश्यक परेको समयमा विशेषज्ञ सेवा उपलब्ध प्राप्त हुने वातावरण बनेमा धेरै सजिलो हुने बताइन् ।

कार्यक्रममा प्रस्तोता र प्यानलिस्टहरुले भावी दिनमा यस्ता कार्यक्रमलाई  निरन्तरता दिनुका साथै पालिकाका प्रतिनिधिहरूले यस सम्बन्धी जानकारी चाहेमा तुरुन्त पहुँच पुग्न सक्ने गरी ‘ट्यालेन्ट पुल’ बनाएर सेवा दिन सकिने र आफूहरू यसमा निःशुल्क रुपमा सेवा दिन तयार रहेको समेत बताएका थिए ।

कार्यक्रमको अन्त्यमा संस्थाद्वारा यस भन्दा अगाडी आयोजना गरेका कार्यक्रमका प्रस्तोता तथा प्यानलिस्टहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

डा.नीरज श्रेष्ठले संचालन गरेको कार्यक्रममा जय नेपाल फाउन्डेशन नेपालका अध्यक्ष बद्री अर्यालले संस्थाको बारेमा जानकारी गराएका थिए भने जय नेपाल इन्टरन्याशनल फाउन्डेसनका अध्यक्ष डा.यादव पण्डितले सबैलाई धन्यवाद दिएक थिए । यसै शृंखलाको  पहिलो वेबिनार गत मार्च २, २०२४ मा आयोजना गरिएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार