मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत

Ujyalosandeshonline 11540+ समाचार ( )
१३ वैशाख २०८३, आइतबार

भैरहवा । राजस्व चुहावट नियन्त्रण कार्यदलका सदस्य एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीपक कुमार बस्नेतले राजस्व चुहावट रोक्न व्यवसायीहरू नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीद्वारा भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चोरी पैठारी र राजस्व छलीमा कतिपय व्यवसायीकै संलग्नता रहने गरेको भन्दै अरूलाई दोष दिनुअघि आफैँभित्र सुधार ल्याउन आग्रह गर्नुभयो।

व्यवसायीहरूले नै अवैध सामान भित्र्याउन सघाउने र समस्या पर्दा प्रहरीलाई दोष दिने प्रवृत्ति देखिएको भन्दै उहाँले यस्ता गतिविधिले इमानदार व्यवसायीलाई समेत मर्का परिरहेको उल्लेख गर्नुभयो। डिआइजी बस्नेतले प्रहरीको एक्लो प्रयासले मात्र चुहावट नियन्त्रण सम्भव नहुने भएकाले व्यवसायीहरूले गलत बाटोबाट सामान नल्याउने सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभयो।

यदि कतै अवैध कार्य भइरहेको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्दै उहाँले व्यवसायीहरू पारदर्शी भएमा प्रहरीमाथि प्रश्न उठाउने ठाउँ नै नरहने स्पष्ट पार्नुभयो। राजस्वको मुख्य स्रोत वैधानिक व्यापार नै भएको स्मरण गराउँदै उहाँले कानुन कार्यान्वयन र देशको अर्थतन्त्र बलियो बनाउन व्यवसायी र सुरक्षा निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो। सो अवसरमा स्थानीय व्यवसायीहरूले भन्सार र बजार क्षेत्रमा भोग्नुपरेका व्यावहारिक कठिनाइबारे कार्यदलको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार