मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

दुर्घटना बढेपछि ट्राफिक प्रहरीले निगरानी बढायो

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ पौष २०८०, आइतबार

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङमा प्रहरीले निगरानी बढाएको छ ।मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो ।

निगरानीका क्रममा चालकहरुले मादक पदार्थ सेवन गरे, नगरेको जाँच गर्न थालिएको छ । ट्राफिक प्रहरीको टोलीले विभिन्न सवारी साधनका चालकहरुको जाँच गर्न थालेको छ ।

मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढेको पाइएपछि कडाइ गर्न थालिएको हो । 

यसअघि साँझको समयमा मात्र यस्तो जाँच गरिँदै आएकामा अब भने दिउँसो पनि निगरानी गरी जाँच गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले एम्बुलेन्स, सिटी सफारी, अटो रिक्सा, विद्यालयका सवारीसाधन, ट्याक्टर लगायतका सवारीसाधनका चालकहरुको जाँच गर्ने क्रम तीव्र बनाएको छ । त्यस क्रममा कतिपय चालकहरुले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि कारबाही गर्न थालिएको छ ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षको हालसम्म मोरङमा ५ सय ६१ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनाहरुमा ५२ जनाको मृत्यु भएको छ भने ८ सय ७६ जना घाइते भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार