मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव

Ujyalosandeshonline 12676+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

दाङ । दाङका अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग गरिने ‘एन्टिस्नेक भेनम’ को अभाव भएको छ । उक्त औषधिको अभाव हुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोराही), लमही अस्पताल (गढवा) स्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल (तुलसीपुर) मा भेनमको मौज्दात सकिन लागेपछि उपचारमा समस्या देखिएको अस्पतालले जनाएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल दुई जना सर्पदंशका बिरामी उपचाररत छन् । तर, आवश्यक एन्टिस्नेक भेनम अभाव हुँदा उपचारमा कठिनाइ भएको भन्दै प्रतिष्ठानमा रहेको भेनम सकिएकाले राप्ती प्रादेशिक अस्पतालसँग सहयोगका लागि माग गरिएको उहाँले बताउनुभयो । 

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको बताउँदै राप्ती प्रादेशिक अस्पतालमा पनि मौज्दात न्यून रहेकाले समस्या हुनसक्ने उल्लेख गर्नुभयो । अस्पतालका अनुसार अहिले रहेको भेनमबाट बढीमा एक वा दुई जना बिरामीको मात्रै उपचार गर्न सकिन्छ ।

लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ । वर्षायामसँगै सर्पदंशका घटना बढ्न थालेका बेला एन्टिस्नेक भेनम अभाव भएपछि उपचारमा समस्या हुन सक्ने भन्दै अस्पतालहरूले तत्काल पर्याप्त परिणाममा उक्त औषधि उपलब्ध गराइदिन सम्बन्धित निकायसँग माग गरेका छन् । जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा सर्पदंशका कारण सात जनाको मृत्यु भएको थियो भने ३९ जना उपचारपछि निको भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार