मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

मिर्गौला पीडित अनुषालाई दुई लाख ५० हजार सहयोग

Ujyalosandeshonline 11171+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

काठमाडौं । दुवै मिर्गौला फेल भई काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचाररत अनुषा अधिकारीको उपचारमा अधिकारी बन्धु समाजले सहयोग गरेको छ । उनको सहयोगार्थ आइतबार  कुइभीर अधिकारी बन्धु समाजले आर्थिक सहयोग गरेको हो । ओखलढुङ्गाको साबिक कुइभीरमा बस्दै आएका कुइभीर अधिकारी बन्धु समाजले अधिकारीको उपचार सहयोगार्थ दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

समाजका अध्यक्ष शम्भु अधिकारीका अनुसार इटहरीस्थित राष्ट्रिय जनसहयोग कलेजमा स्नातकोत्तर अध्ययन गर्दै आएकी अधिकारीको दुवै मिर्गौला फेल भएपछि तीन महिना अघिदेखि टिचिङ हस्पिटल काठमाडौँमा उपचाररत रहेकी छन् ।

उपचार गर्न आर्थिक अभाव भएर समस्या भएपछि समाजले आर्थिक सहयोग गरेको बताइएको छ । आर्थिक सहयोग बापतको रकम मिर्गौला पीडित अधिकारीका बुबा लीलाराज अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

सो क्रममा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष शान्तिबहादुर अधिकारीले प्रतिष्ठानको केन्द्रीय समितिबाट समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पीडित अनुषाको मिर्गौला फेर्नका लागि २५ लाख बढी रकम खर्च हुने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार