मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सत्यवती मेलामा भक्तजनको सुरक्षाका लागि ६० प्रहरी खटाइने, सिभिल टोली पनि परिचालन हुने

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ कार्तिक २०८२, बिहीबार

पाल्पा । यस वर्ष पाल्पामा लाग्ने ऐतिहासिक सत्यवती मेलामा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले मेलामा आउने हजारौं तीर्थयात्री तथा भक्तजनहरुको सुरक्षालाई ध्यानमा राख्दै ६० जना सुरक्षाकर्मी खटाउने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) होमप्रकाश चौधरीका अनुसार, विगतका वर्षहरुभन्दा यस वर्ष सुरक्षाकर्मीको संख्या बढाइएको हो ।

“विगतमा ४० जना प्रहरी कर्मचारीहरु खटाइएको थियो,“ डिएसपी चौधरीले भने, “यस वर्ष बढेको सुरक्षा चुनौती र भक्तजनहरुको बढ्दो चापलाई मध्यनजर गर्दै करिब ६० जना सुरक्षाकर्मी खटाउने योजनामा छौ ।“उनका अनुसार, उक्त टोलीमा ट्राफिक प्रहरी र अन्य अपराधिक गतिविधि नहोस् भन्नका लागि सादा पोशाक (सिभिल) को प्रहरी टोली पनि रहनेछन् । सम्पूर्ण सुरक्षा व्यवस्थापन डिएसपी चौधरीकै कमान्डमा हुनेछ ।

प्रहरीले मेला क्षेत्रको भौगोलिक अवस्थालाई व्यवस्थापनको मुख्य चुनौतीको रुपमा लिएको छ । “यो ठाउँ हाइवेदेखि अलिकति माथि हाइटमा रहेको हुनाले बाटो, ट्राफिक व्यवस्थापन र पार्किङको समस्या छ,“ चौधरीले भने । यी समस्याहरुको समाधानका लागि मन्दिर व्यवस्थापन समिति र सम्बन्धित पालिकासँग निरन्तर समन्वय र छलफल भइरहेको उनले जानकारी दिए । विगत का मेलाहरुमा भएका कठिनाइहरुको समिक्षा गर्दै यसपटक त्यस्ता समस्या दोहोरिन नदिने गरी व्यवस्थापन मिलाइएको उनको भनाइ छ । प्रहरीले भक्तजनहरुलाई कुनै पनि कष्ट नहोस् भन्ने उद्देश्यका साथ विस्तृत सुरक्षा योजना तयार पारेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार