मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |
मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |


रुपन्देही प्रहरीद्वारा धमाधम समातिँदै तस्करीका सामान

Ujyalosandeshonline 11540+ समाचार ( )
८ असार २०८२, आइतबार

भैरहवा । रुपन्देही प्रहरीले अवैध रुपमा भन्सार तथा राजश्व छली गरी चोरी पैठारी गरिएका करिब १२ लाख ६८ हजार बढी रुपैयाँ बराबरका विभिन्न सामग्रीहरु बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका विभिन्न प्रहरी युनिटहरुले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा ती सामानहरु बरामद गरेका हुन्।

रुपन्देहीको प्रहरी प्रमुखको रुपमा एसपी प्रदीप बहादुर क्षेत्रीले कमाण्ड सम्हालेपछि रुपन्देही प्रहरी सक्रिय भएको छ। खुल्ला सीमानाबाट दैनिक लुकछिपी भित्राउने गरिएको लाखौं रुपैयाँको बराबर विभिन्न सामाग्रीहरु प्रहरीले दैनिक बरामद गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा जारी विज्ञप्तीका अनुसार, बरामद गरिएका सामग्रीहरुमा चिनी, पास्ता, बच्चाका खेलौना, मिठाई, कपाल उमार्ने जेल, विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले तथा पार्टपुर्जा, माछा, अटो रिक्सा र टायल्स लगायतका सामानहरु रहेका छन्।

कहाँबाट के-के बरामद भयो ?

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-६ गल्मलामण्डीबाट १० बोरा चिनी, १ बोरा पास्ता, बच्चाका खेलौना र मिठाई बरामद गरेको छ। सोही टोलीले मायादेवी गाउँपालिका-५ मकरी चोकबाट कपाल उमार्ने जेल ६८ प्याकेटसहित करिब ७४ हजार ३ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ।

त्यस्तै, वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-८ अञ्चलपुरबाट विभिन्न कम्पनीका २८८ पिस एन्ड्रोइड फोनका डिस्प्ले, मोबाइल २ थान, सामसुङ ट्याब कम्बो डिस्प्ले ४ थान र एप्पल आइफोन डिस्प्ले ८ थान सहित करिब ४ लाख ५ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको टोलीले कोटहीमाई गाउँपालिका-६ पर्सियाबाट मर्चवारी गाउँपालिका-३ का २१ वर्षीय मुकेश केवटले चलाएको यूपी ५३ एएन ३८४८ नम्बरको मोटरसाइकलमा ल्याइएको ४० किलो माछासहित मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ। माछा र मोटरसाइकलको अनुमानित मूल्य ५२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

यसैगरी, प्रहरी चौकी सुक्रौली आमाले लुम्बिनी सांस्कृतिक नगरपालिका-१ रामनगरबाट लु-प्र-०१-००१ ह ०७२१ र लु १ ह ५०४२ नम्बरका अटो रिक्सा र ४० पेटी टायल्ससहित करिब ६ लाख ८२ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

अस्थायी प्रहरी चौकी रमवापुरबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका-४ चाँदनी चोकबाट सोही गाउँपालिका-२ का १८ वर्षीय सिकेन्द्र बानियाले चलाएको लु ६७ प ९०९० नम्बरको मोटरसाइकलमा चना २ बोरा, बदाम १ बोरा, स्याम्पु १ कार्टुन र मिठाई १२ प्याकेट सहित करिब ५४ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ। नियन्त्रणमा लिइएका सामग्री आवश्यक कार्यवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया र पशु क्वारेन्टाइन कार्यालय बेलहिया, रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Suresh Teli १० असार २०८२, मङ्गलबार

Great Man Great Work

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार