मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

Ujyalosandeshonline 11540+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । भगवतीका राज गिरीले तीन रोपनी जग्गा राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो । सरकारी दररेट अनुसार करिब रु १४ लाख मूल्य कायम भएको जग्गा स्थानीय बजारभाउमा सोभन्दा बढीपर्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । जग्गादाता गिरी र उहाँकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान पनि गरेको छ ।

जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट र योजना माग गरिने उहाँले बताउनुभयो । राखु भगवती प्रहरी चौकी हाल भाडाको घरबाट सञ्चालन हुदै आएको छ ।म्याग्दीको इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना र घारको प्रहरी इकाईको अझै आफ्नै भवन छैन । सामुदायिक भवन र भाडाको घरबाट ती चौकी सञ्चालन भएका छन् । जग्गा प्राप्त प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको छ । सिञ्गा तातोपानी प्रहरी चौकीको हालै भवन निर्माण भएको छ । बेनीको जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार