मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

नेतृत्व सही नभए व्यवस्था परिवर्तनले मात्र केही हुँदैन् : चन्द्र भण्डारी

Ujyalosandeshonline 11566+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले नेतृत्व सही ढंगको नआएसम्म व्यवस्था परिवर्तन गरेर मात्र समाज परिवर्तन नहुने बताएका छन् । 

विहीबार नेपाली कांग्रेसको पेशागत एवम बुद्धिजीवि विभागले स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रियामा उनले जनताले लडेर व्यवस्था परिवर्तन गरेको तर नेतृत्व विवेकशिल हुन नसक्दा समाज परिवर्तन नभएको बताए । 

उनले भने, ‘व्यवस्था परिवर्तन गरेर समाज परिवर्तन हुदैँन् । जबसम्म नेतृत्वको इच्छा शक्ति हुदैँन् तबसम्म परिवर्तन संभव छैन् । महिला, दलित, थारु अगाडि आएपनि कसैको पछि लागेर मात्र आउन सके । गल्ती यही भयो । नेतृत्व विवेकशिल हुन सकेन । नेतृत्व दुरदर्शी भएन । नेतृत्व आफ्नो परिवार र सम्पत्तिभन्दा बाहिर जान सकेन ।’

यस्तै, उनले समाजवादको कुरा गरेर मात्र केही नहुने भन्दै जनताले महशुस हुने हिसाबले समाजवाद ल्याउनुपर्ने बताए । 

उनले भने, ‘समाजवादको कुरा गरेर मात्र हुन्छ र ? जनतालाई केही दिनु नि पर्यो नि । आफू मात्र बन्ने समाजवाद, आफू मात्र हिड्ने समाजवाद, आफ्नो लागि मात्र समाजवाद खोजेर हुन्छ ? त्यो समाजवाद होइन, ठगवाद हुन्छ । अब वास्तविक समाजवादतिर हामी लाग्नुपर्छ ।’ 

नेपाल जस्तो धनी र राम्रो देश विश्वमा कतै नभएपनि नेपालका युवाहरु देशमा बस्न नचहाने भन्दै यो सबै गलत नेतृत्व, स्वार्थी व्यक्तिको छनोटको कारणले भएको उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार