मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

रूपन्देही सुपरलिगः गोलपार्कद्वारा शंकरनगर ४ विकेटले पराजित

Ujyalosandeshonline 11566+ समाचार ( )
१० मंगशिर २०८१, सोमबार

भैरहवा । भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गत सोमबारको खेलमा शंकरनगर क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै गोलपार्कले जित निकाल्न सफल भएको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ३९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय १३ रनको सामान्य लक्ष्य प्रस्तुत गर्यो । उसका लागि रिदम भट्टराईले २२ र विपिन भट्टराईले अविजित १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । शंकरनगरले अतिरिक्त  ४२ रन पायो ।

बलिङमा गोलपार्कका प्रदीप भण्डारीले ८ ओभर ५ बलमा १ मेर्डनसहित २० रन खर्चेर ५ विकेट लिए । यस्तै, प्रशान्त जिसीले ३ तथा शिवकुमार मौर्य र युवराज सुवेदीले १–१ विकेट लिए ।

१ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको गोलपार्कले २० ओभर १ बलमा ६ विकेट गुमाएर १ सय १७ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा शिवकुमार मौर्यले ५५ रनको अर्धशतकीय पारी खेल्दा संगम न्यौपानेले १८ रनको योगदान गरे ।

बलिङमा शंकरनगरका शौरभ पाण्डेले २ तथा विपिन भट्टराई, जय गोदार, बद्रे आलम र सम्राट थापाले समान १–१ विकेट लिए । खेलमा गोलपार्कका प्रदीप भण्डारी प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार