भैरहवामा रेबिजको त्रास: एक कुकुरलाई रेबिज पुष्टि, दर्जनौंलाई टोकेको आशंका

Ujyalosandeshonline 12436+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

भैरहवा  । भैरहवाको देवकोटा चोक, बैंकरोड र मौर्या होटल आसपासका क्षेत्रमा हालै विभिन्न व्यक्तिहरूलाई टोक्ने एउटा कुकुरलाई रेबिज पोजेटिभ पुष्टि भएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख डा. परवेज आलमले कुकुरलाई नियन्त्रणमा लिएर परीक्षण गर्दा रेबिज पोजेटिभ देखिएको जानकारी दिएका छन् । कुकुरले सो क्षेत्रमा धेरै जनालाई टोकेको थियो, जसका कारण स्थानीयहरू त्रसित बनेका छन् ।

डा. आलमका अनुसार कुकुरलाई नियन्त्रणमा लिने क्रममा नै उसको मृत्यु भएको थियो र ल्याब परीक्षणमा रेबिज पुष्टि भएको हो। उनले कुकुरले टोकेका व्यक्ति तथा पशुहरूलाई तत्काल रेबिज विरुद्धको भ्याक्सिन लिन आग्रह गरेका छन्। भीम अस्पताल, भैरहवाले पनि कुकुर रेबिज पोजेटिभ देखिएको हुँदा टोकेका व्यक्तिहरूलाई अस्पतालको सम्पर्कमा आई भ्याक्सिन लिन आग्रह गरेको छ।

अस्पतालका सूचना अधिकारी डा. आरिफ हुसेनले भीम अस्पतालमा एण्टि रेबिज भ्याक्सिन पर्याप्त मात्रामा रहेको र बढी जोखिममा रहेका बिरामीलाई "ईम्युनोग्लोबिन" नामक औषधी पनि आवश्यक पर्न सक्ने भएकाले भ्याक्सिन लगाएका व्यक्तिहरूलाई समेत पुनः सम्पर्कमा आउन अनुरोध गरेका छन्। हालसम्म भीम अस्पतालको आकस्मिक कक्षबाट सो कुकुरले टोकेका ४ जनाले एण्टिरेविज भ्याक्सिन लगाएको डा. हुसेनले जानकारी दिए । यस घटनाले भैरहवा क्षेत्रमा रेबिजको जोखिम बढाएको छ, र सम्बन्धित निकायहरूले सबै प्रभावित व्यक्तिहरूलाई सावधानी अपनाउन र उपचारका लागि अस्पताल जान अनुरोध गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार