मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

घरायसी विवादले लियो क्रूर रूप: कावासोतीमा पतिद्वारा पत्नीको हत्या

Ujyalosandeshonline 12431+ समाचार ( )
८ अशोज २०८२, बुधवार

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–८, सगरमाथा टोलमा एउटा दर्दनाक घटना घटेको छ। सामान्य घरायसी विवादले उग्र रूप लिँदा एक पतिले आफ्नै पत्नीको धारिलो हतियार प्रयोग गरी निर्ममतापूर्वक हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ४२ वर्षीय सूर्य प्रसाद पाण्डेले आफ्नी ३७ वर्षीया पत्नी संगिता पौडेल पाण्डेलाई धारिलो हतियार (चक्कु) प्रयोग गरी शरीरका विभिन्न भागमा गम्भीर प्रहार गरेका थिए। घटना साँझपख भएको थियो ।

प्रहारबाट गम्भीर घाइते भएकी संगिता पौडेल पाण्डेलाई प्रहरीको ११ जनाको टोलीले तत्काल उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै उपचारकै क्रममा साँझ करिब ७:१५ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन् ।

घटनालगत्तै अभियुक्त पति सूर्य प्रसाद पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। घरायसी विवादले यस्तो जघन्य अपराधको रूप लिएपछि सगरमाथा टोल र आसपासका क्षेत्रमा त्रास र शोक छाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार