मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

रमितालाई ‘क्यापिटल क्विन नेपाल’को उपाधि

Ujyalosandeshonline 11566+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

काठमाडौं । यो वर्षको ‘क्यापिटल क्विन नेपाल’को ताज भक्तपुर बोडेकी रमिता भण्डारीले जितेकी छन् । उनले ताजसँगै जापानमा हुन लागेको ‘नेपाल फेसन इन्टरटेनमेन्ट अवार्ड २०२५’ मा सहभागिताको लागि अवसर पनि पाएकी छन् । रमिताले विधागततर्फको ‘मस्ट इन्टेलिजेन्ट अवार्ड’ पनि जितिन् ।

हिमालय मुभिज प्रोडक्सन हाउसले राजधानीमा आयोजना गरेको सातौं संस्करणको प्रतियोगितामा मनिषा मगर ‘फस्ट रनरअप’ सँगै ‘वेस्ट फोटोजेनिक’ र ‘मस्ट पपुलर’ तथा विपुला के.सी. ‘सेकेन्ड रनरअप’ सँगै ‘मस्ट स्मार्ट’ भए ।

कार्यक्रममा विधागततर्फ जुना भण्डारी ‘वेस्ट पर्सनालिटी’ र ‘पब्लिक च्वाइस भिडियो’, सृष्टि कला सिग्देल ‘मस्ट अप्टिमिस्टीक’, रोजी ब्लोन ‘मस्ट डिलाइटफुल’, रेनु गहतराज ‘मस्ट चार्मिङ’, कोपिला परियार ‘मस्ट डिलिजेन्ट’, सविना ब्लोन ‘मस्ट डेडिकेटेड’ र उर्वशी श्रेष्ठ ‘मस्ट एक्टिभ’ घोषित भए ।

हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगिताका दर्जन प्रतियोगीहरुले तिन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याटवाक, फोटोसुट, भिडियोसुटलगायतका विविध विषयहरूमा तालिम लिएका थिए ।  

प्रतियोगिताको निर्णायकमा अभिनेता एवम् मोडल एसराज गराच, फेशन डिजाइनर सुक्निता चौलागाई, ‘मिसेस डिभा नेपाल २०२२’ हेमा योञ्जन, ‘मिसेस नोवेल नेपाल २०२२’ शर्मिला थापा र ‘मिसेस डिभा २०२४ सन्तु लामा’ थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार