मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘कांग्रेसको राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने, दिउँसो सदनमा उफ्रिने रुटिन छ’

Ujyalosandeshonline 12437+ समाचार ( )
६ जेठ २०८१, आइतबार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेर आफूमाथि लगातार प्रहार गरिरहेको आरोप लगाएका छन् ।  

आइतबार प्रतिनिधिसभाको बैठकमा आफ्नो कुरा राख्दै उनले कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गरेको बताए । लामो रस्साकस्सीपछि सदनमा बोल्न पाएका लामिछाने प्रतिपक्षी दलप्रति आक्रमक देखिए । 

उनले भने, ‘संसदीय छानबिन समितिबाट म कहिल्यै डराएको थिइँन । मूल कुरा कस्तो थिति नजिर बसाउने भन्ने थियो, हो रहेछ । लागेको थियो संसदीय व्यवस्थाको लागि दशकौं वर्ष लडेको नेपाली कांग्रेस कागजमा मात्र होइन आचरणमा पनि लोकतान्त्रिक छ, उसले कुरा सुन्न सक्छ । तर सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गत दुुई महिना यो संसदले देखियो । नेपाली कांग्रेसबारेको मेरो भ्रम टुटेकोमा मलाई खेद छ । मलाई निरन्तर पेलियो राति राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने दिउँसो दिउँसो सदनमा उफ्रिने रुटिन देख्यौं ।’ 

उनले टेलिभिजनमा हुँदादेखि राजनीतिसम्म नै आफू तारो भएको गुनासो गर्दै लोकतान्त्रिक दलकै निसानामा आफू रहेको जिकिर गरे । 

उनले भने, ‘टेलिभिजनमा हुँदा सबैको तारो भए । राजनीतिमा हुँदा पनि सबैको तारो भइरहेको छु । सारा मिडियाको पनि तारो बनिरहेको छु । लोकतान्त्रिक शक्ति हुँदा हुँदै लोकतान्त्रिक दलकै निसानामा छु । मलाई साथीहरु भन्नुहुन्छ मिडिया मिलाउनुहोस्, म भन्छु मिलाउँदिन, जनताका लागि विद्यालय मनाउन आएको हुँ नमिलेका संविधानका धाराहरु मिलाउन आएको हुँ । अनि अनुसन्धान गर्दा गर्दै रोकिएका फाइलहरु खोल्न आएको हुँ म मिडिया मिलाउन आएको होइन, सक्दिन, मिलाउदिन ।’

उनले प्रतिपक्षीप्रति आक्रामकहुँदै विगतका विभिन्न काण्डमा धेरै राजनीतिज्ञहरु मुछिएको दृष्टान्त दिए । व्यक्ति केन्द्रित भएर संसदीय छानबिन समिति बनाउँदा गलत नजिर बस्ने दाबी उनले गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार