मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

मूर्ति सेलाउन गएका रुपन्देहीका तीन युवाको नदीमा डुबेर मृत्यु

Ujyalosandeshonline 11564+ समाचार ( )
५ कार्तिक २०८२, बुधवार

भैरहवा । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार, बेपत्ता भएको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य सुरु गरिएको थियो । खोज्ने क्रममा करिब २०० मिटर तल उनीहरूको शव फेला परेको थियो । दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा उनीहरू मूर्ति सेलाउन गएका थिए । सोही घाटमा छठ पर्वको तयारी पनि चलिरहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार