मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कपिलवस्तुमा बस दुर्घटना : ३ महिलासहित १० को मृत्यु, ३० जना घाइते

Ujyalosandeshonline 12431+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

कपिलवस्तु । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । चालकसमेत गरी ३० जना घाइते भएका छन् । 

सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बुधबार राति साढे १२ बजे सडकबाट झन्डै सय मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा परेर ३ महिलासहित १० जनाको ज्यान गएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । दुर्घटना कपिलवस्तु र दाङको सीमा क्षेत्र आसपास हो । 

उनका अनुसार बसमा ४० जना यात्रु थिए । घाइते ३० जनामध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । मध्यरातमा दुर्घटना भएका कारण घाइतेको उद्धार र उपचारका लागि समस्या भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार