मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सिद्धार्थनगरले भोली नगर स्थापना दिवस मनाउँदै, घरघरमा दीप प्रज्वलन गर्न आग्रह

Ujyalosandeshonline 12441+ समाचार ( )
२१ माघ २०८०, आइतबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर स्थापना दिवस मनाउने भएको छ । कार्यालयले माघ २२ गते सोमबार विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउने भएको हो ।

वि.स.२०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको रुपमा हालको सिद्धार्थनगर नगरपालिका स्थापना भएको थियो । स्थापना भएदेखि कार्यालयले पहिलो पटक स्थापना दिवस मनाउन लागेको हो ।

‘माघ २२ गते हामी सबै नगरवासीहरुको लागि ऐतिहासिक दिन हो’ उनले भने, ‘त्यसैले उक्त दिन विभिन्न कार्यक्रम गरी हर्षोउल्लासका साथ मनाउने र मनाउनका लागि नगरवासीहरुमा आग्रह समेत गर्दछौँ ।’

स्थापना दिवसको अवसरमा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान, दीप प्रज्वलन लगायत कार्यक्रम गरी मनाइने सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष एवं कार्यक्रम संयोजक पुरनप्रसाद श्रेष्ठले जानकारी दिए । 

सोमबार बिहान प्रभातफेरी, साँझ दीप प्रज्वलन लगायत कार्यक्रममा सहभागिताका लागि नगरपालिकाको कार्यालयले विभिन्न संघसंस्था लगायत नगरवासीहरुलाई आग्रह गरेको छ । त्यस्तै दिवसको अवसरमा कार्यालयले टोल, घर, संघसंस्था लगायतको कार्यालयहरुमा साँझ दीप प्रज्वलन गर्नका लागि पनि नगरवासीहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार