मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

‘नेपाली सुपारीलाई स्वदेशमै खपत गर्नका लागि सरकारबाट कार्ययोजनाको माग’

Ujyalosandeshonline 12441+ समाचार ( )
१४ कार्तिक २०८१, बुधवार

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला देवी पन्तले नेपाली सुपारी नेपालमै खपतको रणनीतिबारे नेपाल सरकारबाट कार्ययोजनाको माग गर्ने बताएकी छन् । बुधबार समितिमा नेपालमा उत्पादित सुपारी निर्यात बारे भएको छलफलमा उनले नेपालमा उत्पादन भएको सुपारी नेपालमै खपत भए राम्रो हुने भन्दै यसको लागि सरकारसँग सहकार्य गर्ने बताएकी हुन् । 

उनले भनिन्, ‘नेपालमा के कति सुपारी आवश्यक पर्ने हो, नेपाली सुपारी नेपालमै खपतको रणनीति के बनाउने, सुपारीको बजार मूल्य निर्धारण र सुपारी खेतीको संरक्षण एवं विस्तारको बारेमा समितिले नेपाल सरकारबाट कार्ययोजनाको मााग गर्ने,’

यसको साथै, उनले नेपाली सुपारीको गुणस्तर र उत्पत्तिको प्रमाणिकरण गर्न उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्यविधि २०६८ मा आवश्यक सुधार गर्न पनि सरकारसँग छलफल गर्ने बताईन् । 

उनले भनिन्, ‘अर्को नेपाली सुपारीको गुणस्तर र उत्पत्तिको प्रमाणिकरण गर्न उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्यविधि २०६८ मा आवश्यक सुधार गरि अन्य निर्यात कृषिजन्य बाली जस्तै यसको अन्तराष्ट्रिय बजारमा विक्रि वितरणको व्यवस्था सहज बनाउने सम्बन्धमा के कस्ता व्यवस्था गर्न सकिन्छ राय माग्ने,’

यसको साथै, उनले सुपारीको उपयुक्त भन्सार दर कायम गर्ने, कोटा निर्धारण गर्ने, सम्बन्धमा अर्थ मन्त्रालय र गृहमन्त्रालयसँग छलफल गर्ने र आयात र निर्यात हुने सुपारीको डिएनए परिक्षणको बारेमा उद्योग वाणिज्य मन्त्रालयसँग राय माग माग्ने पनि बताईन् । 

उनले भनिन्, ‘सरकारले सुपारी आयात खुला गरेको सम्बन्धमा आयातित सुपारीको चोरी निकासी रोक्न नेपाली सुपारीको सुरक्षित निकासी गर्न आयतित सुपारीको उपयुक्त भन्सार दर कायम गर्ने, कोटा निर्धारण गर्ने, सम्बन्धमा अर्थ मन्त्रालय र गृहमन्त्रालयसँग छलफल गर्ने, आयात र निर्यात हुने सुपारीको डिएनए परिक्षण के कति समयमा व्यवस्था गर्न सकिन्छ, सोको सम्भाव्यता अध्ययन गरि कार्ययोजना पेश गर्न र उक्त व्यवस्था नहुदाँ कसरी आयात निर्यातको व्यवस्था गर्न सकिन्छ सो सम्बन्धमा उद्योग वाणिज्य मन्त्रालयसँग राय माग गर्ने,’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार