मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अहिलेको संघीयता विकृत : ह्दयेश त्रिपाठी

Ujyalosandeshonline 12437+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

जनकपुरधाम । जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्दयेश त्रिपाठीले अहिलेको संघीयता विकृत रहेको बताएका छन् । संघीय सांसद समेत रहेका त्रिपाठीले नेपाल पत्रकार महासंघ धनुषाको सभाकक्षमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अधिकारविहीन प्रदेश सरकार बनाएर संघीयताको ढोल पिट्ने काम भइरहेको बताए । 

संघ र प्रदेशको बीचमा अधिकारको बाँडफाँट हुनुपर्नेमा प्रदेशलाई लाचार बनाई बदनाम गर्नै काम भइरहेको बताउदै उनले नगरपालिकालाई नगर प्रहरी छ तर प्रदेशलाई प्रहरी नै नदिएको अवस्थालाई विकृत संघीयता नै भन्न सकिने बताए ।

राज्य संरचनाको नाउँमा भौगोलिक संरचना बनाइएको आरोप लगाउदै अध्यक्ष त्रिपाठीले छापामार शैलीले संविधान जारी गरिएको र त्यसैको विकृत रूप अहिलेको अवस्था रहेको बताए । उनले भने, ‘संविधान जारी गर्नेहरु स्वामित्व लिन तयार छैनन्, संविधान कार्यान्वयन गर्दाखेरि पटक पटक घाइते भएको अवस्था छ । अन्तिम घाइते सर्वोच्च अदालतले फैसला गर्दा संसद पुनःस्थापना गर्दा फलानोलाई प्रधानमन्त्री बनाउ भनेर निर्णय गरि संसदको अधिकारमाथि नग्न प्रहार भएको छ ।’

मिश्रित निर्वाचन प्रणालीकै कारणले कुनै पनि दलले बहुमतको सरकार बनाउन सक्ने अवस्था नरहेको बताउदै उनले समानुपातिक प्रणालीलाई हटाएर प्रत्यक्ष प्रणालीलाई लागु नगरिएसम्म सरकार बनाउन एक अर्काको मुख ताक्नुबाहेक  विकल्प नरहेको बताए । अर्थतन्त्रका विषयमा उनले सुधारका लागि अहिलेको सरकारको प्रयास चाहिने जति नरहेको धारणा राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार