मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा ...

Ujyalosandeshonline 11540+ समाचार ( )
१७ कार्तिक २०८२, सोमबार

ढोरपाटन (बागलुङ) । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको सो तीन दिने निःशुल्क आँखा शिविरमा निसीखोला, तमानखोला, बडिगाड गाउँपालिकाका र ढोरपाटन नगरबासी लाभान्वित भएका थिए ।  

शिविरमा आँखा परीक्षणसँगै मोतियाविन्दुको शल्यक्रिया समेत गरिएको थियो । परीक्षणका क्रममा मातियाविन्दु देखिएका ८५ जनाकोे शल्यक्रिया र परेला आँखाभित्र पसेका दुईजनाको उपचार गरिएको थियो । आँखामा जटिल समस्या भएका १३ जनालाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा ‘रिफर’ समेत गरिएको थियो ।   

हिमालय आँखा अस्पताल पोखरामा सेवारत जलविन्दु विशेषज्ञ डा अनिल पराजुली लगायतका चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले शिविरमा आँखा परीक्षण, उपचार र शल्यक्रिया गरेको थियो । निसीखोला–१ का कुमबहादुर मल्लले आफूलाई पायक पर्ने स्थानमा आँखा शिविर मार्फत् सेवा प्राप्त गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो,“आँखामा समस्या हुँदै आएको थियो । परीक्षण गराउँदा मोतियाबिन्दु भएको देखियो । शल्यक्रिया भयो । अहिले आँखाको ज्योति फर्किदा यो भन्दा आनन्दको क्षण के होला ?” 

लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजिन्द्र खत्रीका अनुसार शिविरमा चार सय ९५ जनालाई आवश्यकताका आधारमा चस्मा वितरण, ३२४ जनालाई औषधि वितरण अन्य आँखा जाँचसँगै आवश्यक परामर्श दिइएको थियो ।      

दूर्गम भूगोल, आर्थिक समस्या र चेतनाको अभावका कारण आँखाको समस्या पालेर बसेका नागरिकको सहजताका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, “ ग्रामीण भेगका नागरिकले आँखामा सामान्य समस्या भयो भने पोखरा, काठमाडौँका अस्पतालमा जानुपर्ने अवस्था छ, त्यसलाई मध्यनजर गरी लायन्स क्लबले निःशुल्क शिविर संयोजन गरेको हो, शिविरमा धेरै ठाउँमा वृद्धदेखि सबै उमेर समूहका नागरिक आएर सेवा लिनुभयो, यस्ता शिविर निरन्तर गर्दै जाने छौँ ।”  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै