मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नयाँ बन्ने संरचनालाई अनिवार्य रुपमा अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री पौडेल

Ujyalosandeshonline 11540+ समाचार ( )
१ अशोज २०८१, मङ्गलबार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नयाँ बन्ने संरचनालाई अपाङ्गमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘द व्हीलचेयर अफ लभ’ २०२४ नेपाल कार्यक्रममा बोल्दै उनले नयाँ बन्ने संरचनामा केही श्रोत थप गरेर अपाङ्गमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी रहेको भन्दै त्यसका निम्ति सरकारले पहल गरिरहेका बताएका हुन् ।

उनले भने, ‘राज्यका संरचना, पूर्वाधारहरु अपाङ्गमैत्री हुनुपर्छ भन्ने कुरा यहाँहरुले पनि उठाइरहनु भएको छ । बनिसकेको पूर्वाधारलाई त्यस अनुसार विकास गर्न पनि श्रोत सुनिश्चित हुनुप¥यो । नयाँ बन्ने संरचनामा केही श्रोत थप गरेर अपाङ्गमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी छ । त्यसका निम्ति पनि हामीले पहल गरिरहेका छौं ।’

उनले बनिसकेको पूर्वाधारलाई अपाङ्गमैत्री विकास गर्न श्रोतको अभाव रहेको बताए । श्रोतको अभावका बामजुद सरकार पूर्वाधारलाई अपाङ्गमैत्री बनाउन निरन्तर लागिरहेको उनको भनाई छ । उनले भने, ‘सबैभन्दा ठूलो समस्या श्रोतले गरिरहेको छ । त्यसमा निरन्तर लागिरहने र खास विषयहरुलाई गहिराईमा बुझ्ने हाम्रो प्रयास रहन्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार