मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

प्रधानमन्त्री कप क्रिकेट :
पुलिसको अपराजित यात्रा कायमै बागमती ९३ रनले पराजित, कर्णालीद्वारा लुम्बिनी ५ रनले पराजित

Ujyalosandeshonline 11171+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले अपराजित यात्रा कायम राखेको छ । बिहिबार भएको खेलमा बागमती प्रदेशलाई ९३ रनले पराजित गर्दै पुलिसले प्रतियोगितामा लगातार सातौ जित निकालेको छ । 

२९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा आफ्ना सबै विकेट गुमाउदै २०४ रन मात्र बनाउन सक्यो । बागमतीका लागि ईशान पाण्डेले ७० रन बनाए पनि त्यो जितको लागि प्रयाप्त हुन सकेन । यस्तै शुभ कंसाकारले ३६ रन र विपिन आचार्यले २० रन बनाए । 

बलिङमा पुलिसका ललित राजवंशीले ४ विकेट, कुशल भुर्तेलले ३ विकेट, करण केसीले २ विकेट र गुलशन झाले १ विकेट लिए । 

यस अघि नेपाल पुलिस क्लबले रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङको निर्णय गरेको गर्दै ८ विकेटको क्षतिमा २९६ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले ८८ रन, दिपेन्द्र सिंह ऐरीले ६० रन र अमित श्रेष्ठले ४८ रन बनाएका थिए । 

बलिङमा प्रतिश जिसीले ३ विकेट लिनुभयो भने रिजन ढकाल, इशान पाण्डे, शंकर गजुरेल र विपिन आचार्यले समान १/१ विकेट लिए ।

यस संगै ७ खेलेको पुलिस सबैमा जित निकाल्दै १४ अंक सहित प्रतियोगिताको शिर्ष स्थानमै कायम छ भने ६ खेलमा ४ अंक सहित बागमती अंकतालिकामा आठौं स्थानमा झरेको छ ।

यसै गरि लुम्बिनी प्रदेश आफ्नै गृह मैदानमा कर्णालीद्वारा ५ रनले पराजित भएको छ । २०६ रन सामान्य लक्ष्य पछ्याएको लुम्बिनी अन्तिम ओभरमा आफ्नो सबै विकेट गुमाउदै २०० रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि सबै भन्दा बढी रन प्रज्वल थापाले बनाए । उनले ८४ रन बनाए  भने कप्तान देव खनालले ४० रन बनाए । आकाश त्रिपाठीले २१ रन र मनिष थापाले १६ रन बनाए । 

बलिङमा कर्णालीका दिनेश अधिकारी र दिपेन्द्र रावतले समान ३/३ विकेट लिदा प्रकाश जैसीले २ विकेट लिए । यसै गरि दिवन पुन र सुनिल धमलाले समान १/१ विकेट लिए ।

यस अघि भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोज्दै कर्णालीले ४८.५ ओभरमा सबै विकेट गुमाउदै २०५ रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्र रावतले ६६ रन, अर्जुन घर्तिले ५६ रन बनाए । यसै गरि सुनिल धमलाले १९ रन र दिनेश अधिकारीले १६ रन बनाए । 

बलिङमा लुम्बिनी प्रदेशका रमेश कुर्मीले ३ विकेट, निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान २/२ विकेट लिए । 

७ खेल खेलेको लुम्बिनी प्रदेश ४ मा जित र ३ मा हार गरि ८ अंक सहित तेश्रो स्थानमै कायम रहेको छ भने ६ खेल खेलेको कर्णाली ६ अंक सहित अंकतालिकामा पाचौं स्थानमा उक्लेको छ ।

शुक्रबारको खेल सिद्धार्थ रङ्गशालामा शसस्त्र प्रहरी बल र सुदूरपश्चिम र एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र मधेश प्रदेश बिच हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार