मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

‘देउवा–प्रचण्ड एमालेलाई ललिपप बाँडिरहन्छन्’

Ujyalosandeshonline 11171+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र देउवाले सिद्धान्त र नीति छाडेर मिल्छौ भन्दै प्रलोभन देखाएर बताएका छन् । 

पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड र देउवाले कुनैपनि हालतमा गर्छौ भनेको काम नगरेको र असभंव काम गर्न खोजेर प्रलोभनमा पार्ने प्रयास गरेपनि एमाले त्यस्तो प्रलोभनमा नपर्ने बताए । 

उनले भने, ‘उहाँहरुको योजना के भने हामीलाई चक्लेट, ललिपप् देखाउने र सिद्धान्त छोडेर मिल्छौ भन्ने हो । उहाँहरुको एउटा खेल देखाउनुभयो र अन्तिममा नसकिने कुरा गर्नुभयो । प्रचण्ड र देउवाले कुनै पनि हालतमा गर्छौ भनेको कुरा नसकिने खालको कुरा राख्नुभयो ।’

राष्ट्रिय सभाको निर्वाचनलाई लिएर एमालेलाई बद्नाम गर्न खोजेको पनि उनको भनाई छ । उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनमा हाम्रा विरुद्ध दुईवटा कुरा चर्चा गर्न योग्य छन् । यस क्रममा हामीलाई बद्नाम गर्न खोजियो । सिट मागेको भनेर हल्ला गर्नुभयो । एमालेले सिट लेनदेन गर्न खोजेको छ । सिट मागिरहेका छ भनेर हामीलाई बद्नाम गर्न खोज्नुभयो । जुन कुरा गलत थियो र उचित थिएन् ।’

सरकारले एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऔं भन्ने प्रस्ताव गरेको अध्यक्ष ओलीले बताए ।  ‘सरकारको तर्फबाट प्रधानमन्त्रीले नै प्रस्ताव राख्नुभएको थियो । त्यो प्रस्तावपछि कांग्रेसका सभापतिसँग पनि परामर्श गरेर लोकतन्त्रलाई सुदृढ बनाउन आधारभूत रूपमा मिलेर जानुपर्छ भन्नुभयो । त्यसलाई अस्वीकार नगरेपनि हामीलाई विश्वास थिएन । उहाँहरु यथास्थितिमा टीआरसी टुङ्ग्याउने पक्षमा हुनुहुन्थ्यो । त्यो हामीलाई मान्य थिएन्,’ ओलीले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार