मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

मधेश प्रदेश सरकारले निर्माण गर्न लागेको डा.अम्बेडकर पार्कको विरोध

Ujyalosandeshonline 11564+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

जनकपुर । मधेश प्रदेश सरकारले सिरहा जिल्लाको लहानस्थित ऐतिहासिक सलहेश फूलबारी नजिक निर्माण गर्न लागेको डा.अम्बेडकर पार्कको विरोध गरिएको छ । राजा सलहेश र बाबा साहेब डा.भीमराव अम्बेडकर दुबैजना पासवना समुदायसंग जोडिएका महान व्यक्तिव्य भएतापनि पासवान समूदायले नै डा.अम्बेडकर पार्क निर्माणको विरोध गरेका छन् । 

डा.अम्बेडकरको पार्क निर्माणको नाममा मधेश प्रदेश सरकारले सलहेश फूलबारीलाई सखाप पार्न लागेको आरोप लगाउँदै प्रदेशका आठवटै जिल्लाबाट आएका सलहेश फुलवारी संरक्षण संघर्ष समितिले आइतबार मुख्यमन्त्री सतिस कुमार सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले विभिन्न नौं बुंदे माग राख्दै मुख्यमन्त्री सिंहलाई सलहेश फूलबारीबाहेक अन्य ठाउँमा डा.अम्बेडकरको पार्क निर्माण गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाउन स्वयम राष्ट्रिय सभा सदस्य एवम नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य राधेश्याम पासवान, पूर्वसंविधान सभा सदस्य महेन्द्र पासवानलगायत पासवान समूदायका अगुवाहरु पुगेका थिए । सो क्रममा राष्ट्रिय सभा सदस्य पासवानले मधेश प्रदेश सरकारले षणयन्त्र गरेर सलहेश फूलबारीको इतिहास मेटाउन लागेको आरोप लगाए । 

प्रदेश सरकारले सो स्थानमा पार्क निर्माण कार्य नरोके आफूहरु चरणवद्ध आन्दोलनमा उत्रिने उनले चेतावनीसमेत दिए । गत बैशाख १५ गत्ते जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र मुख्यमन्त्री सिंहले सिरहाको लहानस्थित सलहेश फूलबारीको छेउमा डा. अम्बेडकर पार्कको शिलान्यास गरेका थिए । सो दिनदेखि नै स्थानियवासी सहित विभिन्न पार्टीका नेता कार्यकता एवम वौद्धिक वर्गले सो स्थानमा पार्क निर्माण गर्नु उचित नरहेको भन्दै विरोध जनाइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार