मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

स्काउटमा समय सापेक्ष सुधार आवश्यक छ : मन्त्री श्रेष्ठ

Ujyalosandeshonline 12431+ समाचार ( )
७ असार २०८१, बिहीबार

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउटले आफूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन् । 

७३ औं स्थापना दिवसको अवसरमा काठमाडौंको लैनचौरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्काउटले आफ्नो स्थापनाको उद्देश्य र जरा नविर्सिकन समय सापेक्ष भई अघि बढ्नुपर्ने सुझाव दिए । उनले डिजिटल स्काउटिङको आवश्यकता औंल्याउँदै त्यसतर्फ ध्यानाकर्षण गराए । 

कार्यक्रममा शुभकामना दिँदै मन्त्री श्रेष्ठले भने, ‘स्काउट अब समय सापेक्ष हुनुपर्छ । त्यो भनेको २१ औं शताब्दिमा धेरै जसो संस्थाहरु समय सापेक्ष बन्न खोज्ने क्रममा आफू को हो र के का लागि स्थापना गरेको भन्ने नै विर्सने बानी छ यहाँ । तर नेपाल स्काउटले २१ औं शताब्दि सापेक्ष हुने आफ्नो जरा, माटोलाई नबिर्सिकन मूल्य मान्यता अगाडि बढाउनु पर्छ ।’

यस्तै, स्काउटले आफ्नो कार्य र जिम्मेवारी राम्रोसँग निर्वाह गर्दै आइरहेको चर्चा गर्दै उनले ‘वारियर अफ् द नेचर’ र ‘प्रोटेक्टर अफ द कल्चर’को टाइटल दिनुपर्ने बताए । उनले त्यो सँगै सापेक्ष स्काउट बनाउनका लागि स्काउटको डिजिटल रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । 

‘सबै कुरा डिजिटलमा सिफ्ट हुँदै जाँदा सामाजिक गतिविधि पनि त्यहाँ हुने भएकाले डिजिटल स्काउटिङ आजको आवश्यकता हो । यसमा गम्भीर हुन आग्रह गर्छु,’ मन्त्री श्रेष्ठले भने । 

मन्त्री श्रेष्ठले सामाजिक, सांस्कृतिक पक्षको कार्यसँगै विश्वव्यापी चुनौतीको रुपमा आएको मानसिक स्वास्थ्यको मुद्दामा समेत स्काउटले काम गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘स्काउट जुन भद्र र शिष्ट तरिकाले गैरहेको छ यसले ग्लोबल मुद्दा भैरहेको हेट स्पिचमा सर्तक हुन पर्छ । किनभने मानसिक स्वास्थयको समस्या धेरैमा पाइएको छ । विशेषगरी महिलाहरुमा देखिएको मनोवैज्ञानिक चुनौतिमा स्काउटले हेर्नुपर्छ ।’यस्तै उनले दीगो विकासको लक्ष्य हाँसिल गर्नमा स्काउटले महत्वपूर्ण सहयोग गर्न सक्ने चर्चा गरे । 

सरकारी र अन्तर्राष्ट्रिय कार्यक्रमहरु धेरै भन्दा धेरै स्काउटले लिनुपर्नेमा जोड दिँदै उनले भने, ‘दीगो विकासको लक्ष्य हासिल गर्न नेपालले जुन सन्धिहरु गरेको छौं, त्यसको लागि स्काउट एउटा एकदमै राम्रो संगठन हो जसले दीगो विकास लक्ष्यलाई योगदान गर्न सक्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै