मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नेपाल प्रहरीका आइजिपी खापुङद्वारा प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ खट्न आग्रह

Ujyalosandeshonline 12437+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङले प्रहरी कर्मचारीहरूलाई थप उच्च मनोबल र साहसका साथ आ-आफ्नो कर्तव्यमा खट्न विशेष आग्रह गरेका छन्। बिहीबार साँझ एक भिडिओ सन्देश जारी गर्दै आइजिपी खापुङले वर्तमान 'युगीन जिम्मेवारीको घडी' मा नियमित प्रहरी कार्यमा हिजोभन्दा पनि आज थप ऊर्जा र साहसका साथ जुट्न सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई आह्वान गरेका हुन् ।

उनले नेपाल प्रहरी संगठन र स्वयं महानिरीक्षक सदैव कर्मचारीहरूको सुखदुःखमा साथ रहने विश्वास दिलाउँदै व्यावसायिक धर्ममा कुनै कमी आउन नदिन पनि अनुरोध गरेका छन्। आइजिपी खापुङले हालैका घटनाक्रमबाट पुगेको क्षति, जलेका पोसाक र गुमेका कमाइका कारण आफू दुखी भएको बताए।

यद्यपि, यस्तो दुःखद क्षणमा पनि आफूहरूलाई सम्हालेर पुनः संरचना निर्माणमा जुटेकोमा उनले गौरवबोध गरेको उल्लेख गरे। उनले प्रदर्शनका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारी तथा युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार