मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

पहाडी र तराई जिल्लाबीच विकासको सन्तुलन कायम गर्न आवश्यक छ : मुख्यमन्त्री शाह

Ujyalosandeshonline 12441+ समाचार ( )
१० मंगशिर २०८२, बुधवार

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहाडी र तराई जिल्लाबीच विकासको सन्तुलन कायम गर्न आवश्यक रहेको बताउनुुभएको छ । आज यहाँ लम्कीचुहा–४ मा निर्माण हुन लागिरहेको सिटी हल, सङ्ग्रहालय तथा घेरापर्खाल निर्माण कार्यको शिलान्यास कार्यक्रममा उहाँले प्रदेशमा सन्तुलित बजेट निर्माणप्रति आफू चिन्तित रहेको बताउनुुभयो । 

सातै जिल्लाको भ्रमण सकेर फर्किनुभएका मुख्यमन्त्री शाहले बाजुरा–बझाङजस्ता विकट पहाडी क्षेत्रमा विकासका कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । तराईका क्षेत्रमा विकासले फड्को मारेकाले अब विकास पहाड र दुर्गम बस्ती केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

मुख्यमन्त्री शाहले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत ठूला परियोजना पनि शीघ्र शिलान्यास तथा उद्घाटनको चरणमा रहेको जानकारी दिनुभयो । प्रदेशको सर्वाङ्गीण विकासका लागि आफूले निरन्तर सक्रिय भूमिका खेल्ने उहाँले बताउनुुभयो ।जननिर्वाचित प्रतिनिधिबीच समन्वय र साझा उद्देश्य आवश्यक भएको बताउँदै उहाँले सङ्ग्रहालयलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय तह र सरोकारवाला सबै सचेत र जिम्मेवार हुनेपर्ने जोड दिनुभयो ।

प्रदेश सरकारको बजेटबाट बन्न लागेका लम्कीचुहा सिटी हल, सङ्ग्रहालय तथा पर्खाल निर्माणका लागि काम गोरखनाथ–पूर्वपश्चिम–निधि जेभी, काठमाडौँसँग रू १३ करोड १९ लाख तीन हजार २१४ रूपैयाँ सात पैसामा ठेक्का सम्झौता भएको छ । यस परियोजनाको कूल लागत रू २२ करोड ८९ लाख १७ हजार सात रूपैयाँ ५६ पैसा रहने जनाइएको छ । बहुउद्देश्यीय रूपमा प्रयोग गर्न मिल्ने सिटी हलबाट सार्वजनिक सभा, सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा अन्य गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ । निर्माण कार्य २०८४ साल असोज ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य तोकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार