मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सहकारी बैंक : ३५ लाख व्यक्ति आबद्ध, ६९ अर्ब ५५ करोडको सम्पत्ति

Ujyalosandeshonline 11540+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ ।  २०६० असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेबाट कारोबार सुरुगरेको थियो । बैंकले कारोबार शुभारम्भ गरेको दिन साउन १९ लाई स्थापना तथा कारोबार शुभारम्भ दिवसका रुपमा मनाउदै आएको छ ।

२०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबारको अनुमति पाएको बैंकले देशभरका सहकारी संघ संस्थाहरुसँग कारोबार गर्दै आइरहेको छ । २१ वर्षे यात्रामा सहकारी क्षेत्रलाई नै आफ्नो प्रमुख कार्यक्षेत्र बनाएको बैंकले आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्म ६९ अर्ब ५५ करोड कुल सम्पत्ति पुर्याउन सफल भएको छ ।

७७ वटै जिल्लामा सदस्यता विस्तार गर्दै १६ हजार ३ सय २८ सहकारी संघ संस्थाहरुमार्फत करिब ३५ लाख व्यक्तिहरु आवद्ध भइसकेको र बाँकी सहकारी संस्थाहरुले पनि सदस्यता लिने क्रम जारी रहि रहेको बैंकले जनाएको छ । बैंकले देशभर ६८ वटा शाखाहरु मार्फत सहकारी संघ संस्थाहरुलाई उत्कृष्ट वित्तीय तथा गैर–वित्तीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले सदस्य सहकारी संघ÷संस्थाहरुलाई वित्तीय सेवाका अतिरिक्त संस्थागत सुशासन एवम् वित्तीय अनुशासनका लागि सहकारी स्तरीकरण, तालिम तथा शिक्षा, डिजिटलाइजेसन, सहकारी अभियानको संरक्षण र सम्वद्र्धनका लागि पहलकदमी जस्ता विविध गतिविधिहरु सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।

सदस्यहरुबीच लोकप्रिय रहेको सदस्य शिक्षा कार्यक्रम अन्तर्गत इ–पुस्तकालय, समसामयिक विषयमा हरेक हप्ता परामर्श सेवा र सहयोग, जानकारीमुलक कार्यक्रम तथा सदस्य सम्मान कार्यक्रमको आयोजनाका कारणले पनि सदस्यहरुमा हौसला तथा उत्प्रेरणा जगाउने कार्यमा मद्दत पुग्नुको साथै बैंक प्रतिको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बैंकले जनाएको छ ।

बैंकले आफ्नो कार्य सञ्चालन गर्ने दौरानमा नियामकीय प्रावधानहरुको प्रारुपलाई पालना गर्दै वित्तीय जवाफदेहीता, पारदर्शिता, निष्पक्षता, बचतकर्ताको निक्षेप सुरक्षण तथा सुरक्षित कर्जा लगानी र अन्तरर्निहित जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आएकोले पनि बैंकले सदस्यमैत्री सेवा प्रदान गर्न सक्षम उल्लेख गरेको छ ।

बैंकले ‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ परिकल्पना गरी १० वर्षे रणनीतिक योजना तय गरी बैंक अघि बढिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले बताए । 

बैंकले २२ औं स्थापना दिवसको अवसरमा सातवटै प्रदेशमा एकै दिनमा ‘सहकारीको बर्तमान अवस्था र भावी कार्यदिशा बिषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रम’ को आयोजना गरेको थियो ।

कार्यक्रममा गत पुसमा सम्पन्न बैंकको २० औं वार्षिक साधारण सभामा घोषणा भएको व्यक्ति तथा संघ÷संस्थाहरुको विभिन्न विधाको पुरस्कार वितरण गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार