मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

राजमार्ग निर्माणमा अति ढिलाइ गरिएको भन्दै मिर्चैयामा चक्काजाम

Ujyalosandeshonline 11564+ समाचार ( )
२ माघ २०८१, बुधवार

सिरहा । सिरहाको मिर्चैया बजारका व्यापारीहरुले आज एकाबिहानै पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनाएका छन् । स्थानीय व्यापारीहरुले राजमार्गमा तगारो राखेर आवगमन ठप्प पारेका छन् । बिहानैदेखि मिर्चैयामा सवारी साधनहरुको लामो लर्को रोकिएको छ । यात्रुहरु कठिनाइमा परेका छन् । 

चिनियाँ इष्ट वेष्ट रेल्वे कम्पनीले  राजमार्ग निर्माणमा अतिशय ढिलाई गरेको र मिर्चैया बजार क्षेत्रमा कालोपत्रे नहुँदा धूलो उडेर घर र पसल छपक्कै ढाक्ने गरेको बन्दकर्ता मिर्चैयाबासीको भनाइ छ । स्थानीय व्यापारी रामप्रसाद साह पटक पटक ताकेता गर्दा पनि राजमार्ग निर्माण कार्यमा हदैसम्म ढिलाइ भइरहेको छ । 

बजार क्षेत्रमा सडक भत्काइएकोले आवागमनमा पनि कठिनाइ भइरहेको छ । व्यापारीहरु सडककै दुर्गतिका कारण पलायन भइरहेका छन् । व्यापार चौपट भएको उनीहरुको गुनासो छ ।  धूलोले घर र पसलमा बस्नै नसक्ने स्थिति छ । तीन वर्ष भयो राजमार्ग भत्काएको अझैसम्म निर्माण पूरा गरिएको छैन । 

अर्का व्यापारी भन्छन् सडक विभाग , चाइना निर्माण व्यवसायी कम्पनी र कन्सलटेन्टलाई भन्दा भन्दा थाक्यौ । चाइना कम्पनी उल्टो भन्छ , हामीसँग पैसा छैन  कसरी काम गर्ने ? अनि यो राजमार्ग कसरी निर्माण हुन्छ । हामीले कति सास्ती भोग्ने ? 

पूर्व पश्चि राजमार्गको कमला नदीदेखि पूर्व कञ्चनरुप बजारसम्म चार लेन सडक निर्माणको ठेक्का पाएको चाइना कम्पनीले तोकिएको समयभन्दा एक वर्ष बढी भइसक्दा पनि सडक निर्माण पूरा गरेको छैन । अझसम्ममा मात्र ५० प्रतिशत काम पूरा भएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार