मुख्य समाचार
पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक | सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो |

वीरगञ्जमा हैजाको त्रास, ९३ मा संक्रमण पुष्टि

Ujyalosandeshonline 11573+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

वीरगञ्ज । ‘पानी पिउँदा त केही होला जस्तो लागेन, तर अचानक पखाला सुरु भयो,’वीरगञ्ज–१२ का एक बिरामीको भनाइ हो । यस्तै समस्या लिएर नारायणी अस्पताल पुगेका उनी मात्रै होइनन्, अहिलेसम्म विभिन्न अस्पतालमा ९३ जनामा हैजा पुष्टि भइसकेको छ ।

सबैभन्दा बढी संक्रमित भेटिएको नारायणी अस्पताल र तराई अस्पताल दुबैको तथ्याङ्क डर लाग्दो छ–यहाँ मात्र ३२–३२ बिरामीमा हैजा देखिएको छ । यसपछि नेशनल मेडिकल कलेजमा १२ जना, जबकी भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा ३–३ जनामा संक्रमण भेटिएको छ । 

अली अर्था अस्पतालमा दुईजना र अन्य निजी अस्पतालहरू–नारायणी सेन्ट्रल, एडभान्स मेडिकेयर, नेपाल इन्डो, नीलकण्ठ, मेडिसिटी वायोधा र सर्वोत्तममा १–१ जना संक्रमित छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार हैजाको मुख्य कारण प्रदूषित पानी र सरसफाइको कमी हो । स्थानीय बासिन्दा त्रसित छन् भने महानगर र स्वास्थ्य निकायले एकतर्फ औषधि वितरणलाई तीव्रता दिएका छन्, अर्कोतर्फ स्वच्छ पानी र सरसफाइलाई प्रमुख प्राथमिकता दिनुपर्ने आवाज उठेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार