मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने

Ujyalosandeshonline 12431+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले आगामी मंसिर ८ गतेदेखि पार्टीले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दोस्रो चरणको आन्दोलनको एजेण्डा तय गरेर अगाडि बढ्नको लागि हामीले हाम्रो गृहकार्य गरेका छौ । रास्वपा सरकारलाई देश सबै नेपालीका लागि बस्न लायक बनाउन, विधिको शासन स्थापना गर्न, सहकारी पीडितहरुको समस्या समाधान गर्न, अर्थतन्त्रलाई चलाएमान बनाउन र राजनीतिक प्रतिशोध तुरुन्त बन्द गर्न केही एजेण्डासहित आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गर्दछ ।’ 

यस्तै, उनले दुई तिहाइको गठबन्धनबाट बनेको सरकारलाई कसैको डर नभएको भन्दै दुई तिहाईको आडमा गैर राजनीतिक अभ्यास गरिरहेको पनि बताए । 

राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने, भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, गतिशील अर्थतन्त्रका लागि संरचनागत आर्थिक सुधार एक दर्जन ऐनको संशोधन गर्नुपर्ने, प्रवासी र गैरआवासीय नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने, संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना गर्नुपर्ने रास्वपाको आन्दोलनको एजेन्डा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार