मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

पानी साझा हो, अर्को प्रदेशले उपयोग गर्न सक्छ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिगण्डकी नदीको पानी साझा हुने बताउनुभएको छ । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीचको दोस्रो समन्वय बैठक समापन पश्चात पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले कालिगण्डकी डाइभर्सन योजनालाई साझा रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

`पानी भनेको साझा हो र त्यसलाई अर्को प्रदेशले पनि उपयोग गर्न सक्छ,´ उहाँले भन्नुभयो, `तर गण्डकी नदी आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आघात नपुग्ने गरी डाइभर्सन अघि बढाउनुपर्छ ।´कालिगण्डकी डाइभर्सन भनेको कालिगण्डकी नदीको पानीलाई स्याङ्जा, पाल्पा, नवलपुर हुँदै तानसेन र बुटवल क्षेत्रमा लैजाने ठूलो सिँचाइ तथा जलविद्युत् योजना हो । यस अन्तर्गत नदीको पानीलाई सुरुङमार्फत मोडेर खेतीपाती, खानेपानी र विद्युत् उत्पादनका लागि उपयोग गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार