मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

खाने तेलको ग्यालेनभित्र चरेश बरामद

Ujyalosandeshonline 11171+ समाचार ( )
४ वैशाख २०८२, बिहीबार

रौतहट । पर्सा सशस्त्र प्रहरीले पोखरिया नगरपालिकाको मननपुरबाट २४ केजी ५०० ग्राम लागूऔषध चरेश बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध लागूऔषध चरेश बरामद गरेको हो ।

खानेतेलको ग्यालेनभित्र चरेस भरेर बाँसको झ्याँगमा लुकाएर राखिएको अवस्थामा फेला परेको  सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए । उनका अनुसार ग्यालेन काटेर हेर्दा त्यसभित्रबाट प्लाष्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेश बरामद भएको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोलीले बुधबार राती करिब ११ बजे लागूऔषध चरेश बरामद गरेको र बरामद गरिएको चरेशलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको पर्सा सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार