मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |
मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |


सुस्ताका किसानकाे हातमा जग्गाकाे लालपुर्जा हुनुपर्छ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12437+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्ता क्षेत्रका किसानहरु अहिले पनि  लालपुर्जा बिहिन भएको  तर्फ नेपाल सरकारकाे ध्यानाकर्षण गराउनु भएको छ । खेतीपाती गर्दै आएका किसानहरु अहिले पनि जग्गाकाे लालपुर्जा बिहिन हुनु परेकाे प्रति नेपाल सरकारकाे ध्याना कर्षण गराउदै छिटाे लालपुर्जा वितरणकाे लागि आग्रह गर्नु भएको हाे ।

सुस्ता स्थित नारायणी नदिमा निर्माण भएको झाेलुंगे पुलकाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले सुस्ता क्षेत्रका किसानकाे समस्या समाधान गरिने बताउनु भएको हाे ।`अहिले पनि सुस्ताका किसानकाे हातमा जग्गाकाे लालपुर्जा छैन । नागरिकताकाे समस्या उस्तै छ´उहाँले भन्नुभयाे-`यहाँका किसानहरुकाे समस्या समाधान गर्न म नेपाल सरकारकाे ध्यानाकर्षण गराउन चाहन्छु ।

प्रदेश सरकारबाट हुने हरेक कामहरुमा सुस्ता क्षेत्र प्राथमिकतामा छ, प्राथमिकतामा पर्ने छ ।´ यस्तै मुख्यमन्त्री आचार्यले नारायणी नदिमा बनेकाे झाेलुंगे पुलले सुस्तामा बसाेवास गर्नेहरुलाइ सबै हिसाबले समृद्ध बनाउने आशा व्यक्त गर्नु भयाे ।`शिक्षा, स्वास्थ्य, कृषि र अन्य सुविधामा अव सुस्ता क्षेत्र अघि बढ्याे´उहाँले भन्नुभयाे-`अब सुरक्षित यात्रा सम्भव भयाे । अब पर्यटनकाे क्षेत्रमा पनि यहाँकाे नाम अघि आउने भयाे ।´

राष्ट्रपती रामचन्द्र पौडेलले सुस्तामा बनेकाे झाेलुंगे पुलेकाे उद्घाटन गरिसक्नु भएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित सुस्ता गाउँपालिका–५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर(सुस्ता) मल्टिस्पान झोलुंगे पुलको उद्घाटन गरिएको हाे । साथै सुस्ता क्षेत्रमा एकिकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपुर्ती समेत सुभारम्भ गरिएकाे छ । 

नेपाल सरकार, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको आयोजनामा कार्यक्रम राखिएको छ । कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर लगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता छ । 

झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ । सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोवास छ । यो पुल बन्नु अघि स्थानीयहरु डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । बर्षायाममा उच्च वहाव हुँदा नदि तर्न जोखिमपूर्ण हुने गरेको थियो ।  

डुंगा दुर्घटना हुदा मानवीय क्षती समेत व्यहोर्नुपरेको थियो । एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुल भ्याट बाहेक २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो । यो पुल बनेपछी सुस्तापट्टी उत्पादन हुने उखु र केरा दायाँ किनारमा ल्याउन र बजारको पहुँचमा सहजता हुने देखिएको छ । यो पुलको दायाँ किनारमा सकरदिनही र वायाँ किनारमा सुस्ता पर्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार