मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल

Ujyalosandeshonline 12558+ समाचार ( )
३ कार्तिक २०८३, सोमबार

मर्चवार । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताउनुभएको छ। सांसदहरू कन्हैया बनियाँ, सुलभ खरेल र तौफिक अहमद खानसहित मर्चवार पुग्नुभएका मन्त्री लम्सालले मर्चावारी माई मन्दिरको दर्शनपछि स्थानीय पूर्वाधारको अनुगमन गर्नुभएको हो। चालु आर्थिक वर्षमा दुई खण्डमा चार लेन सडक विस्तारको काम अघि बढाइने जानकारी दिँदै उहाँले पाँच किलोमिटर सडकको डीपीआर तयार भइसकेकाले तत्काल टेन्डर प्रक्रियामा जाने बताउनुभयो।

स्थानीय बासिन्दाको मागअनुसार मन्त्री लम्सालले आगामी आर्थिक वर्षको बजेटमा सर्पदंश उपचारसहितको अस्पताल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै स्वास्थ्य चौकी र विद्यालयहरूको भौतिक सुधारका लागि यस वर्ष डीपीआर तयार गरी आगामी वर्ष बजेट व्यवस्थापन गरिने उहाँको भनाइ थियो। सांसद कन्हैया बनियाँले मन्त्रीको स्थलगत अनुगमन र प्रतिबद्धताले मर्चवारवासीमा विकासको नयाँ आशा जगाएको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार