मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

"हिरा बहादुर खत्रीको संकल्प : किसानको पहिचान र समृद्धिको यात्रा"

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ माघ २०८२, शनिबार

धकधई । नेपाली कांग्रेसका तर्फबाट रूपन्देही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हिरा बहादुर खत्रीले धकधईमा आयोजित निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै आफूलाई एक गर्विलो 'स्वयं किसान' का रूपमा प्रस्तुत गर्नुभएको छ ।

आफ्नो वास्तविक पहिचान नै खेतीपाती र पशुपालन भएको बताउँदै उहाँले नीति निर्माणको तहमा पुगेर किसानका वास्तविक पीडा सम्बोधन गर्नु नै आफ्नो मुख्य संकल्प रहेको उल्लेख गर्नुभयो। विगतमा कृषि आधुनिकीकरणका भाषण भए पनि ठोस नीति र कानुनको अभावमा बजेट खर्च हुन नसकेको र किसानले सधैं मलखाद, बिउबिजन तथा सिंचाइको अभाव झेल्नुपरेको यथार्थलाई उहाँले औंल्याउनुभयो ।

विशेषगरी वितरण प्रणालीमा रहेको त्रुटी र भारतबाट मल ल्याउँदा किसानले भोग्नुपर्ने प्रशासनिक झमेला अन्त्यका लागि आफूले व्यावहारिक कदम चाल्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । देशको राजनीतिक इतिहासमा नेपाली कांग्रेसले राणा शासनदेखि संविधान निर्माणसम्म नेतृत्वदायी भूमिका खेलेको स्मरण गराउँदै नेता खत्रीले संकटको समयमा कांग्रेसले नै निकास दिने बताउनुभयो। पछिल्लो समय "जादुगर" शैलीमा देश बदल्ने भ्रम फैलाउने तत्वहरू सक्रिय भएको भन्दै उहाँले युवाहरूलाई सचेत रहन आग्रह गर्नुभयो ।

उहाँका अनुसार देशको विकास कुनै जादुको छडीले नभई समस्याको सही पहिचान र समाधानका उपायबाट मात्र सम्भव छ। नेपाली कांग्रेसको महाधिवेशनपछि गगन थापा जस्ता युवा नेताहरूको प्रभाव र नयाँ सोचका साथ पार्टी अघि बढेको उल्लेख गर्दै उहाँले विगतका कमजोरी सुधारेर जनताको विश्वास जित्ने संकल्प गर्नुभयो। केन्द्रिय तथा स्थानीय नेताहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा खत्रीले समृद्धिको यात्रामा सबैलाई साथ दिन आह्वान गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार