मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

चारवटा संसदीय समितिको बैठक बस्दै

Ujyalosandeshonline 11564+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । संघीय संसदका चारवटा संसदीय समितिका बैठक आज बस्दैछन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार राज्य व्यवस्था तथा सुशासन, कानून, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ गरिने छ । यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने संघीय संसद सचिवालयले जनाएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा उपभोक्ता तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन लगायतका सम्बन्धमा मन्त्रालयबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार