मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती

Ujyalosandeshonline 12437+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल–लासा सिधा हवाई उडान दोश्रो सेतु कोरुपमा स्थापीत भएको बताएका छन् ।

बिहिबार हिमालाइन एयरलाइन्सको काठमाडौ–ल्हसा उडानको उद्घाटन गर्दै मन्त्री किरातीले अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु भएको बताएका हुन् ।

‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । मन्त्री किरातीले भने, ‘अब दोस्रो प्रमुख सेतु हुनेछ– नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान ।  तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरु घुम्न आउने गर्छन् जसमध्ये ठूलो सङ्ख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने गर्छ जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने छ ।’

नेपाल र चीनबीचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोशेढुङ्गाको काम गरेको उनको भनाइ छ ।

पाँचौँ शताब्दीमा बुद्धभद्रले बुद्धसूत्रको अनुवाद गर्दै चीनमा बुद्धधर्मको प्रचार गर्ने काम गरेको उल्लेख गर्दै उनले चीन नीतिप्रति नेपाल प्रतिबद्धता रहेको बताएका छन् ।

कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ,कोङ्मिङ पछि ल्हसामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो ।  यस संगै ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा  हिमालाइन एयरलाइन्स रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार