मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

पुनम पाण्डे र सामविरुद्ध १०० करोडको मानहानी मुद्धा

Ujyalosandeshonline 12674+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

मुम्बई (बलिउड लाइफ) । केही समयअघि भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको सर्वाइकल क्यान्सरका कारण निधन भएको खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

यो समाचारले उनको बारेमा असन्तुलित उत्सुकता आम मानिसमा जगाएको थियो । पछि उनले आफू ज्यूँदो नै रहेको भनेर सामाजिक सञ्जालमा लेखिन । उनको यो स्टन्टलाई सेलिब्रेटी तथा उनका निकटले ‘खराब स्वाद’कै उपमा दिए । 

उनको समर्थनमा केवल रामगोपाल बर्मा मात्र देखिए । बर्माले पुनमले कुनै प्रचार अभियान भन्दा पनि भारतीयहरुलाई गुगल रोगबारे जानकारी गराएको दाबी गरेका थिए ।

अब भने पुनम र उनका पति साम बम्बेले अदालती मुद्दाको झमेला व्यहोर्नु पर्ने देखिएको छ । असिम रियाज र साना राइस खानका विरुद्ध यसअघि अदालतमा मुद्धा दर्ता गराएर चर्चामा आएका फैजन अन्सारीले पुनम र सामविरुद्ध १०० करोडको मानहानी मुद्धा दर्ता गराएका छन् ।

फैजनले एकापसमा अलग्गिएका पुनम र सामले करोडौं क्यान्सरका बिरामी र उनीहरुका परिवारको भावनामा खेलबाड गरेको दाबी गरेका छन् । ‘पुनम र उनका पति, सामले क्यान्सर जस्तो गम्भीर रोगको खिल्ली उडाउँदै मृत्युको नाटक गरे । 

पुनम पाण्डेले व्यक्तिगत प्रचारका लागि यो नाटक रच्दै करोडौं भारतीय र सम्पूर्ण बलिउडको विश्वासलाई धोका दिइन्’, मुद्धामा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार