मुख्य समाचार
गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म | धौलागिरिका घुम्ती गोठ सङ्कटमा |

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुन्छ’

Ujyalosandeshonline 11563+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मिसन ८४ बाट नेकपा एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुने दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन आन्दोलनको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा बहुमत ल्याउने मात्र नभइ एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने मिसन भएकाले जस्तो सुकै अवस्थामा पनि मिसन ८४ नछोड्ने बताएका हुन् ।

उनले भने, ‘देशमा परिवर्तनको आवश्यक छ । परिवर्तन हुन्छ र जे सुकै परिवर्तन भएपनि हामी मिसन ८४ छोड्दैनौ राष्ट्रिय शक्तिलाई अथवा नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो गर्ने हाम्रो उद्देश्य हो मिसन ८४ चुनावमा बहुत ल्याउने मात्र होइन् त्यो भन्दा माथिको कुरा छ ।’

अध्यक्ष ओलीले अहिले व्यवस्था बद्लियो अवस्था बदल्न बाँकी छ भन्ने गलत भाष्य निर्माण भएको टिप्पणी गरे ।

‘आज उल्टो हल्ला चल्ने गरेको छ । व्यवस्था बद्लियो अवस्था बदल्न बाँकी छ भन्ने यो नै गलत भाष्य हो । उनले भने, ‘मजदुरको अवस्था यस्तै थियो उहिले  नेपालमा मजदुर आन्दोलन सुरु हुँदा अवस्था त्यस्तै थियो । सामाजिक सुरक्षा, सम्मानित र सुरक्षित रोजगार लगायतमा के मजदुर वर्गले लाभ लि पाए ?।’

समाजको उल्लेखनीय हिस्सा गरिबीको रेखामुनि भएको भन्दै यस्तो स्थितिलाई तोड्नका लागि जिफन्टले चालेको कदम उत्कृष्ट रहेको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार