मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

संविधान जोगाउन विद्रोह बाहेक विकल्प थिएन :अध्यक्ष नेपाल

Ujyalosandeshonline 11566+ समाचार ( )
१५ असार २०८१, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान जोगाउन विद्रोहबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन् । 

आज ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रममा उनले विद्रोह गरेर मुलुकलाई सही दिशामा अगाडि बढाउन र कम्युनिस्ट आन्दोलनलाई जोगाउन विद्रोहबाहेक विकल्प नभएको बताएका हुन् । 

उनले भने, ‘विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर संविधान बचायौँ हामीले । विद्रोह गरेर हामीले राजनीतिक स्थिरता कायम ग¥यौँ । विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउनका लागि भूमिका निर्वाह ग¥यौँ । अत्यन्तै सही काम ग¥यौँ । कम्युनिस्ट आन्दोलनलाई जोगायौँ । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौँ । र आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनका लागि फेरि पनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि नयाँ पार्टी निर्माण गर्नुपर्ने काम पनि गरेका थियौं ।’ यस्तै, उनले विद्रोह गरेर न्यायोचित काम गरेको भन्दै पार्टीको कामबाट समाजमा भूमिकालाई स्थापित गरेको बताए । 

उनले भने, ‘नयाँ पार्टी निर्माण गरेर, विद्रोह गरेर न्यायोचित काम ग¥यौँ । नभए हामी हराइसकेका हुन्थ्यौँ । हामीले गल्लीमा भड्किरहनुपर्ने स्थिति बन्थ्यो । आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ती सबै कुराहरूलाई स्वीकार गरेनौँ । हामीले समर्पण गरेनौँ । धेरै मान्छेलाई निराश हुनबाट जोगायौँ । कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौँ । र सिंगो देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौँ । हाम्रो भूमिकालाई स्थापित गरेका छौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार