वीरगन्ज भन्सार क्षेत्रमा अज्ञात व्यक्तिहरूद्वारा गोली प्रहार

Ujyalosandeshonline 11565+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

वीरगन्ज । भारतको बिहार राज्यअन्तर्गत बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि वीरगन्ज भन्सार क्षेत्रमा अज्ञात व्यक्तिहरूद्वारा गोली प्रहार भएको छ । प्रारम्भिक जानकारी अनुसार घटना नेपाल–भारत सीमा नजिकको वीरगन्ज भन्सार क्षेत्रमै भएको हो। निशा कुमारी गोलु सहनीकी छोरी हुन्।

घटनापछि उनलाई तत्काल वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको बताइएको छ। पर्सा प्रहरीले गोली प्रहार गर्ने प्रदिप शर्मालाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान अघि बढाएको जनाएको छ। 

नेपाली सुरक्षाकर्मी र अनुसन्धान टोली घटनास्थलमा खटिएको छ भने सीमा क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ। प्रहरीले दोषीलाई छिट्टै कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो घटना नेपाल–भारत सीमा क्षेत्रमा पुनः सुरक्षा चुनौतीको संकेतका रूपमा लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार