मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

शक्ति र सोर्सफोर्सका आधारमा बजेट निर्माण हुँदैन :अर्थसचिब

Ujyalosandeshonline 12437+ समाचार ( )
१८ चैत्र २०८०, आइतबार

काठमाडौं । अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करले यसपालीको बजेट निर्माणको प्रक्रिया पूरै परिवर्तन भएको बताएका छन् ।

आइतबार सिहंदरबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै उनले अघिल्ला वर्षको बजेट निर्माणमा सम्बन्धित मन्त्रालयबाट परियोजना नै नआइ शक्तिको आधारमा बनाइने प्रबृत्ति रहेको भन्दै यस वर्षबाट त्यो प्रवृत्ति अन्त्य गरेको दावी गरे ।

‘बजेट निर्माणको प्रक्रियामा यसपालीदेखि पूरै परिवर्तन भएको अवस्था छ । पहिला अर्थमन्त्रालयबाट पनि बिभिन्न खालको सोर्स फोर्समा शक्तिको आधारमा सम्बन्धित मन्त्रालयबाट प्रोजेक्ट नै नआइ, प्राविधिक प्रक्रिया पूरा नभइ आउने फाइलहरु यसपालीबाट पूरै बन्द भएको छ ।’उनले भने,‘जुनसुकै योजना वा परियोजना यसपाली दर्ता गर्ने हो भने त्यसको लागि प्राविधिक पक्ष पूरा गरेर सम्बन्धित मन्त्रालयबाट आउनुपर्छ ।’

बजेटका लागि आउने प्रस्तावका लागि आफ्नै प्रक्रिया रहेको उल्लेख गर्दै उनले भने,‘योजना आयोगमामार्फत अर्थात सम्बन्धित मन्त्रालयलाई योजना आयोगले दिएको सिलिङभित्र रहेर नै काम गर्नुपर्ने कामहरुमा भने विकृति हुँदैन् । ’

उनले  संघीयता आएको यत्तिको वर्ष भइसक्दा पनि बन्नुपर्ने संयन्त्रहरु अहिलेसम्म पनि बन्न नसकेको गुनासो गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार