मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |
मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |


तीन दिनसम्म चलेको विशाल भण्डारामा पाँच लाखलाई निःशुल्क भोजन

Ujyalosandeshonline 11566+ समाचार ( )
२७ माघ २०८१, आइतबार

धनुषा । धनुषाको मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषा मा आयोजित विशाल भण्डारामा करिब पाँचलाख अनुयायी एवम शुभेच्छुकहरुले प्रसाद(भोजन) ग्रहण गरेका छन् । तीन दिनसम्म चलेको भण्डारामा पाँच लाख बढी मानिसहरुले अवलोकन गरेको आयोजकको दाबी छ ।

जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजकीका अनुयायीहरुको संस्था पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ गतेदेखि २६ गते तीन दिनसम्म कबीरजीको ५०७ औँ निर्वाण दिवस एवम तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा आयोजना गरिएको थियो ।

समारोहमा दाइजोविरुद्धको अभियानका क्रममा १२ जोडीले सामूहिक विवाह गरेका थिए । समारोहमा नेपाल र भारतका अनुयायी एवम शुभेच्छुकहरु जम्मा भएका हुन् ।

समाजलाई दाइजोमुक्त बनाउने संत रामपालजी अभियान अन्तर्गत सतलोक आश्रममा १२ नव जोडीहरुको दाइजो रहित सामुहिक विवाह गराइएको हो । आश्रममा तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रमको दोस्रो दिन विभिन्न समाज सुधारका कार्यक्रमहरु भएका थिए ।

समाज सुधारक सन्त रामपालजीका अनुयायीहरुले हरेक वर्ष कबीर साहेब निर्वाण दिवस मनाउने गर्छन् । सो सिलसिलामा सन्त गरिबदासजी महाराजद्वारा रचित अमरग्रन्थ साहेबको अखण्ड पाठगरी दाइजो तथा आडम्बरमुक्त विवाह गर्ने चलन रहेको अनुयायी ओमराज ढकालले जानकारी दिए ।

उक्त सामूहिक विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन भएको छैन भने बेहुला वा बेहुली दुवै पक्षको कुनै पनि खर्च नभएको, आगन्तुकहरुलाई खाने तथा बस्ने व्यवस्था आश्रमकै तर्फबाट विशाल भन्डारामा गरिएको ढकालले बताए ।

समारोहमा १७ मिनेटको गुरुवाणीद्वारा ३३ करोड देवीदेवताहरुको स्तुति गरी तीनै देवीदेवताहरुको साक्षी राखेर दाइजोरहित विवाह भएको उनले बताए । विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदी सेवन गर्न पूर्ण रुपमा निषेधित गरिने गरिएको पनि ढकालले जानकारी दिए ।

समाजबाट दाइजो कुप्रथालाई समाप्त पार्न रामपालजीको दाइजोमुक्त समाज अभियान अन्तर्गत विवाह गराइएको जानकारी आयोजकले दिएको हो । यस्ता विवाहले समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको र समाज परिवर्तित भइरहेको आयोजक समितिका संयोजक कुमार दासले जानकारी गराए । सो अवसरमा अनुयायीहरुले नेपाल रेडक्रस सोसाइटीलाई ६३ युनिट रक्तदान पनि गरेका थिए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत विशिष्ट व्यक्तित्वहरु, स्थानीय जनप्रतिनिधि, कर्मचारीहरु, डाक्टर तथा  इन्जिनियर साथै अनुयायीहरुको उपस्थिति थियो । सो अवसरमा आध्यात्मिक प्रदर्शनीहरुको पनि आयोजना गरिएको थियो ।

आश्रमको व्यवस्था तथा सन्त रामपालजी महाराजद्वारा बनाइएको भक्ति मर्यादा र अनुशासनको आगन्तुकहरुले प्रशंसा गरेका थिए । विशाल भण्डारामा शुद्ध घ्युबाट तयार गरिएको बुनियाँ तथा हलुवा प्रसादका साथै रोटी, पूरी, सब्जी, सलाद, दाल, भात, अचार आदीको व्यवस्था गरिएको थियो । अन्तिम दिन दिन भोग आरती र सत्संग गरी कार्यक्रम सम्पन्न भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार