मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

रुपन्देही-१ मा हिरा खत्रीको चुनावी कमाण्ड: 'जनजाति, मुस्लिम र भूमिपुत्रको अधिकार स्थापित गरेरै छाड्छु !'

Ujyalosandeshonline 11171+ समाचार ( )
१६ फाल्गुन २०८२, शनिबार

धकधइ । नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हिरा बहादुर खत्रीले जनजाति, मुस्लिम तथा भूमिपुत्रहरुको अधिकार र समावेशीताको पक्षमा आफूले दरिलो अडान लिने घोषणा गर्नुभएको छ। चुनावी घरदैलो तथा मतदाता भेटघाट अभियानका क्रममा उहाँले मुलुकको रक्षा र विकासमा यी समुदायको योगदान अतुलनीय रहेकाले उनीहरुको अधिकार सुनिश्चित गर्दै त्यसलाई स्थापित गराउनु आफ्नो प्रमुख एजेन्डा रहेको प्रष्ट पार्नुभयो।

रुपन्देहीको क्षेत्र नम्बर १ विभिन्न जातजाति, भाषा र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै उम्मेदवार खत्रीले सबैको जातीय पहिचान र संस्कृतिको रक्षाका लागि राज्यले सही नीति ल्याउनुपर्नेमा जोड दिनुभएको छ। देवदह नगरपालिकाको वडा नम्बर ११ र १२ मा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उहाँले जनजाति, मुस्लिम र सबै भाषाभाषीहरुको पहिचानलाई स्थापित गराउन आफूले योजनाबद्ध रुपमा संसदमा आवाज उठाउने र आवश्यक पहल थाल्ने आश्वासन दिनुभयो।

यसैगरी, उहाँले यस क्षेत्रको कृषि उत्पादन र विकासमा भूमिपुत्रहरुको भूमिकालाई विशेष महत्त्वका साथ स्मरण गर्नुभयो। जनजाति र यादव लगायतका समुदायले भूमिको रक्षा गर्दै कृषि उत्पादन बढाउन दिएको योगदानको प्रशंसा गर्दै उहाँले कृषकका लागि विशेष राहतका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो। कृषिको आधुनिक बजारीकरण, भण्डारणको उचित व्यवस्था, उन्नत बिउबिजनको सहज उपलब्धता र कृषिमा सरल अनुदानका कार्यक्रममार्फत भूमिपुत्र र आम कृषकको जीवनस्तर उकास्ने उहाँको योजना छ।

चुनावी अभियानका क्रममा उम्मेदवार खत्रीलाई जिताउन कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले पनि घरदैलोलाई तीव्रता दिएका छन्। अभियानमा सहभागी हुँदै कांग्रेस देवदह नगर सभापति गुनाखर भुर्तेल, महासमिति सदस्य सरिता चौधरी, जिल्ला सचिव हरिप्रसाद काफ्ले र सह–सचिव बासुदेव रिमाल लगायतका नेताहरुले 'बदलिएको कांग्रेसले मात्रै मुलुकलाई बदल्न सक्ने' भन्दै नेपाली कांग्रेसलाई मतदान गरी बहुमतको सरकार निर्माणमा सघाउन आम मतदातालाई आग्रह गर्नुभएको प्रचारप्रसार समितिका सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । नेपाली कांग्रेस क्षेत्रीय सचिव विजय गुरुङका अनुसार, उम्मेदवार खत्रीले हाल रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत पर्ने तिलोत्तमा, देवदह नगरपालिका र ओमसतिया लगायतका विभिन्न वडाहरुमा घरदैलो, मतदाता भेटघाट तथा जनस्तरबाट सुझाव संकलन अभियानलाई निरन्तरता दिइरहनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार