मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

विवाहपञ्चमी महोत्सव अन्तर्गत मटकोर सम्पन्न

Ujyalosandeshonline 12437+ समाचार ( )
८ मंगशिर २०८२, सोमबार

जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गतको पाँचौ दिन आज (सोमबार) मटकोर सम्पन्न भएको छ । जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माता सीतको रुपमा रहेकी बालिकाको मटकोर विधि सम्पन्न भएको हो । मटकोरमा प्रयोग हुने माटोबाट सीता–राम विवाहका लागि मडवा (मण्डप) निर्माण गरिने चलन रहेको छ ।

मटकोर विधि हेर्न जनकपुरधामसहित भारतका विभिन्न स्थानहरुबाट आज हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड गंगा सागरको डिलमा पुगेको थियो । अब भोलि मंगलबार दिउँसो माता सीताको स्वयंवर हुनेछ भने भोलि राति नै वैवाहिक कार्यक्रम हुनेछ । भोली विवाहपञ्चमी महोत्सवको मुख्य दिन हो । त्यसपछि पर्सी बुधबार अन्तिम दिन अयोध्याबाट आएका बारातीहरुलाई ५६ ब्यन्जन खुवाएर दक्षिणसहित विदाई गरिने छ । विवाहपञ्चमी हेर्न हिजो बेलुकादेखि नै भारतबाट श्रद्धालुभक्तजनहरु जनकपुरधाम आउन थालेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार