रामग्राम विकास कोषद्धारा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना गरिदै

बेचु गौड 9+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

परासी । नवलपरासीमा हालै गठित रामग्राम विकास कोषले आफ्ना कार्य अगाडी बढाएको छ । कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने र स्तुपमा आफ्नो कार्यालय सञ्चालन गरिनुका साथै स्तुपको वरिपरि चक्रमण क्षेत्र विस्तर गर्ने जानकारी गराएको हो ।

कोषका अध्यक्ष समेत रहेका नगरप्रमुख यादवले स्तुप क्षेत्रको सुरक्षार्थ छिटै प्रहरी विट स्थापनाका लागि कोषको कार्यालयकै छेउमा राखिने गरि आवास,भन्सा सहितको पुर्वाधार बनाई सकेको जानकारी गराए । जिल्लाका शुरक्षा प्रमुखहरुले सो विटका लागि स्थलगत अध्ययन अवलोकन पुरा गरि सकेका छन्, उनले भने, जिल्ला सुरक्षा समितिले विट राख्नका लागि निर्णय गरि सरोकारवाला निकायमा पठाई सकेको छ, उनले भने, आसा गरौ छिट्टै प्रहरी विट स्थाना हुन्छ । त्यसै गरि बुधवार अष्टमी देखी नै स्तुपमा कोषको तर्फबाट दिपावली तथा स्तुपमा धातु प्रार्थनाका कार्य शुभारम्भ गरि सकिएको जानकारी गराए । त्यसका लागि कोषका सदस्य रामप्रसाद पाण्डेलाई जिम्मेवारी दिइएको थियो ।

स्तुप क्षेत्रको चक्रमण विस्तरका लागि पनि बुधवार नै नापी नक्साँकन गरि डिजाईन र स्टिमेटका लागि काम भई रहेको छ । पुरातत्व कार्यालयको समन्वयमा ति काम पनि हुने उनको भनाई थियो । कोषको पुर्णतासँगै बसेको विस्तारित बैठकले रामग्राम स्तुपा क्षेत्र र कोलिय गणराज्यको राजधानी क्षेत्रमा काम गर्नका लागि पुरातत्व विभाग समन्वय गरि काम गर्ने निर्णय गरेको थियो । अस्त ब्यस्त अवस्थामा रहेका यि दुबै धार्मिक,ऐतिहासिक,पुरातात्विक क्षेत्रका कहाँ के कस्तो गर्न मुनासिब देखिन्छ ? उतm कुराको आवश्यक मार्गनिर्देशन प्राप्तीका लागि पहल गर्ने निर्णय गरेको थियो ।

लामो समय देखी ओझेल परेको रामग्राम स्तुपा क्षेत्र र बुद्धसँग सम्बन्धित बौद्ध स्थलहरुको पहिचान,संरक्षण,विकास र जनजागरण लगायतका कार्यहरु गर्दै लैजान कार्ययोजना बनाई काम गर्ने बैठकको निष्कर्ष रहेको थियो । जस्मा पहिलो कार्य विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्त्ुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मार्गनिर्देश आवश्यक पर्छ, । पहिलो बैठकबाट सबै क्षेत्रसँग समन्वयकारी काम गर्दै अगाडी बढिने छ । संघियताको मर्म अनुसार नै अब रामग्राम नगरपालिकाले सरकारको हैसियतले काम अगाडी बढाएको । स्थानिय नगर सरकारले नै अग्रसरता लिई रामग्राम विकास कोष ऐन २०८० पास गरि कानुनसम्म तरिकाले आम अगाडी बढाएको छ ।

पहिलो बैठक नै उत्साह पुर्वक निर्णय गरेको र काम गर्ने तत्परता देखाएको हुदा छिट्टै रामग्राम स्तुप र अन्य बौद्ध स्थलमा काम गरिएको देखिने बताउदै यसका लागि नगरबासीको उत्तिकै साथ आवश्यक छ । विभिन्न समयमा स्तुपा क्षेत्रको बिकासका लागि पहल नभएको होईन्,तर त्यसलाई निरन्तर फ्लो गर्ने कुनै स्थानिय स्तरको निकाय थिएन्,दातृनिकायहरु लगानी गर्न उत्सुक छन्,तर निरन्तर उनीसँग सम्पर्क सुत्र जोडिराख्ने विभाग थिएन् । अहिले नगरपालिकाले कोषको कार्यसञ्चालनका लागि अरबन्दि चौधरीलाई कर्मचारीको रुपमा तोकेको छ, नगरपालिकामा पर्यटन शाखा पनि तोकेको छ सँगै विकास समिति समेत बने पछि काम अगाडी बढनेमा उनले विश्वास ब्यतm गरेका थिए ।

कोषमा चार जना सदस्यमा समाजसेवी कैलाश ठाकुर,पुरातत्वका जानकार नारद यादव,विपश्यना साधक रामप्रसाद पाण्डे र बौद्धशिक्षा तथा पर्यटन पत्रकार बेचु गौडलाई मनोनय गरिएको थियो । चालु आर्थिक बर्षमा रामग्राम क्षेत्रमा केही अतिआवश्यक काम गर्नका लागि ४० लाख बजेट विनियोजन समेत गरिएको उनले जानकारी गराएका थिए । अन्य श्रोतका लागि लुम्बिनी विकास कोष,लुम्बिनी प्रदेश सरकारको पर्यटन मन्त्रालय र संघिय सरकारसँग पनि समन्वय गरि काम गर्नुका साथै प्रकृया पुर्याई विदेशी दातृनिकायसँग पनि लागनी भित्रयाउने योजनाबारे पनि छलफल गरिएको थियो । त्यसका लागि पनि रामग्राम विकास कोषले पहल गर्ने गरि सहमति जुटेको छ ।

सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ,। ,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्,लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो,रामग्राम स्तुपा ओझेलमा पर्यो । अब त्यो अवस्थाको अन्य हुने उनको भनाई थियो । संघ,प्रदेशका कानुन,युनेस्कोको मान्यता अनुरुप नै नगरपालिकाले नबाझिने गरि काम गर्ने छ ।

भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुपा उत्खनन नगरि फर्केका थिए ।

त्यो भएर पनि यो रामग्राम स्तुपा संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ । त्यसैगरि स्तुप बाहेक पनि कोलिय राजाहरुको राजधानी कोलनगर(पण्डितपुर),पुरतात्विक क्षेत्र ननई स्थित यशोधरा उद्धानक्षेत्र र संघाग्रामको रुपमा देवगाव क्षेत्रको पुरातात्विक क्षेत्रलाई समेत यस कोषले समेटेर काम गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार