मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

अर्घाखाँचीको भूमिकास्थानमा दलित महिला संघ र युएन वुमनको साझेदारीमा ‘छलफल चौतारी’ कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11566+ समाचार ( )
२१ कार्तिक २०८२, शुक्रबार

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ४ मा दलित महिला संघ र युएन वुमनको सहकार्यमा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीले ‘छलफल चौतारी’ कार्यक्रम सम्पन्न गरेको छ । ग्रामीण र पिछडिएका समुदायमा सामाजिक न्याय र सशक्तिकरणका लागि युवा र समुदायका अगुवाहरूसँग यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा संस्थाकी कार्यवाहक अध्यक्ष राधा नेपालीले दलित महिला संघले महिलावादी अभियान, समावेशी सशक्तिकरण, र जातीय, लैङ्गिक तथा अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । संस्थाले समुदायसँग मिलेर विभिन्न परियोजनाहरू सञ्चालन गर्ने र महिला सशक्तिकरण तथा दिगो विकासमा जोड दिने उहाँले बताउनुभयो ।

नेपालीका अनुसार, संस्थाले ‘हाम्रो साहस परियोजना’ अन्तर्गत सामाजिक हानिकारक मूल्यमान्यता न्यूनीकरण एवं लैङ्गिक समानताका लागि सामाजिक मूल्यमान्यता परिवर्तन परियोजना सञ्चालन गरिरहेको छ । यस परियोजनाको मुख्य लक्षित वर्गमा महिला, दलित समुदाय र युवाहरू रहेका छन्। यसको उद्देश्य सामाजिक कुरीति न्यूनीकरण, संस्थागत क्षमता अभिवृद्धि र लैङ्गिक हिंसा न्यूनीकरण गर्नु हो।

कार्यक्रमले महिला तथा पछाडि पारिएका समुदायको सशक्तिकरणमा थप सुदृढीकरण गर्ने विश्वास लिइएको छ । परम्परागत सोच र व्यवहार परिवर्तन गर्न यो कार्यक्रम महत्वपूर्ण हुने संयोजनकर्ता राधा नेपालीले बताउनुभयो । उहाँले न्यायबाट टाढा रहेका र बेसहारा अवस्थामा जीवन बिताइरहेका अन्याय तथा हिंसामा परेका महिलाहरूलाई जीविकोपार्जनसँग जोड्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । आर्थिक रूपमा कमजोर महिलाहरूलाई सशक्त बनाउँदै उनीहरूको आत्मबल र अधिकारको पुनःस्थापनामा समेत जोड दिनुभयो ।

कार्यक्रममा वडा सदस्य कमला खत्री, भुमा परियार, विजय सुनार लगायतको सहभागिता रहेको थियो। वडा सचिव निमा शाही, भूमिकास्थानका युवा संयोजक टेकराज भुसाल, पत्रकार अनिल नेपाली लगायतले कार्यक्रम सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार